Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

विवाहको ६ वर्षपछि आमा बन्दै बिपाशा बसु

spot_img
spot_img

बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाबारे जानकारी दिएका छन् । यो जोडीले सोसल मिडियामा फोटो सेयर गरेर खुसीको खबर साटेका हुन् । बिपाशा र करण विवाह गरेको ६ वर्ष पछि आमाबुवा बन्दैछन् ।

बिपाशाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्न फोटोको सहारा लिएकी छिन् र उनको बच्चा चाँडै नै यो धर्तीमा आउन लागेको पनि बताएकी छिन् ।

यो जोडीले म्याटरनिटी फोटोसुटको फोटो सेयर गर्दै क्याप्सन लेखे, ‘एक नयाँ समय, एक नयाँ चरण, एक नयाँ प्रकाशले हाम्रो जीवनमा अर्को छहारी थप्दैछ । हाम्रो जीवन र परिवार पूरा हुँदैछ । हामीले यो जीवनको सुरुवात एक्लै गरेका थियौँ र त्यसपछि हामीले एक–अर्कालाई भेट्यौँ । त्यसपछि हामी दुईजना मात्रै थियौँ । दुई व्यक्तिबीच यति धेरै प्रेम हामीलाई ठिक लागेन त्यसैले जो दुई थिए छिट्टै नै तीन हुँदैछन् ।’

थपेकी छिन्, ‘हाम्रो प्रेमको निशानी, हाम्रो बच्चा हाम्रो जीवन र खुसीमा समावेश हुँदैछ । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका लागि धन्यवाद । तपाईंहरुको शुभकामना सधैँ हाम्रो जीवनको हिस्सा थियो र रहनेछ । ’

बिपाशा र करणले सन् २०१६ को अप्रिल ३० मा विवाह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...