Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पर्सामा श्रीमतीकाे घाँटी दबाई हत्या गरेकाे आराेपमा श्रीमान पक्राउ

spot_img
spot_img

  वीरगंज । पर्सामा श्रीमतीकाे हत्या आराेपमा श्रीमान पक्राउ परेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ ईटियाही टोलमा २३ बर्षकी प्रतिमा कुमारी यादवलाई घाँटी दबाई हत्या गरेकाे आराेपमा निजकै श्रीमान २६ बर्षिय दिनेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

शुक्रबार अन्दाजी ०४:०० बजे प्रतिमालाई निजकै श्रीमानले घाँटी दबाई कर्तव्य गरी हत्या गरेको घटनाको सम्बन्धमा वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना प्राप्त भए पश्चात पुगेकाे प्रहरी टाेलीले श्रीमान दिनेशलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले वताए ।

वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टाेलिले लाश जाँच प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाएको प्रवक्ता कार्कीले जानकारी दिए ।

उक्त घटनामा संलग्न आरोपित मृतकका श्रीमान दिनेशलाई नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान भई रहेको कार्कीले जानकारी गराए ।

प्रारम्भिक अनुसन्धानको क्रममा यादवले आफ्नी श्रीमतीको चरित्रमाथि शंका गर्ने गरेको र सोही विषयलाई लिएर दुवै जनाबीच विवादसमेत हुँदै आएको भन्ने खुलेको प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान पनि त्यही विषयलाई लिएर श्रीमान् -श्रीमतीबीच विवाद हुँदा साे क्रममा प्रतिमाकाे मृत्यु भएकाे वताइएकाे छ ।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर १ धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...