Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानी गापाले गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाले गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ । गाउँपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन बिहिबार नेपाल रेडक्रस साेसाइटी पर्सासंग सम्झाैता गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे राेहबरमा भएकाे सम्झाैतामा गाउँपालिकाकाे तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता र रेडक्रस पर्सा शाखाकाे तर्फबाट सभापति विरेन्द्र राज कडेलले हस्ताक्षर गरेका छन् ।

दुई पक्षिय सम्झाैता अनुसार बिरामीकाे उपचारकाे क्रममा रगत आवश्यकताकाे चिकित्सकबाट गरिएकाे सिफारिसकाे आधारममा गाउँपालिकाकाे बासिन्दा भएकाे पहिचान खुल्ने गरी परिचय पत्रकाे आधारमा रक्त संचार केन्द्र वीरगंजले निशुल्क रगत उपलब्ध गराउनु पर्ने छ । साे वापतकाे रकत प्रति युनिट रु एक हजार ५० शुल्क गाउँपालिकाले तिर्नु पर्ने छ । 

गाउँ कार्यपालिका पहिलाे बैठकको निर्णय बमोजिम गाउँपालिका अन्तर्गतका बिरामीहरुकाे लागि निशुल्क रगत उपलब्ध गराउन दुई पक्षिय समझाैता भएकाे गाउँ कार्यपालिका सदस्य सराेज चाैरसियाले वताए । आजै देखि जिराभवानी गाउँपालिका अन्तर्गतका जनताले आफ्नो परिचय खुल्ने परिचयपत्र देखाए नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजबाट निशुल्क रगत उपलब्ध हुने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...