Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानी गापाले गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाले गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ । गाउँपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन बिहिबार नेपाल रेडक्रस साेसाइटी पर्सासंग सम्झाैता गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे राेहबरमा भएकाे सम्झाैतामा गाउँपालिकाकाे तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता र रेडक्रस पर्सा शाखाकाे तर्फबाट सभापति विरेन्द्र राज कडेलले हस्ताक्षर गरेका छन् ।

दुई पक्षिय सम्झाैता अनुसार बिरामीकाे उपचारकाे क्रममा रगत आवश्यकताकाे चिकित्सकबाट गरिएकाे सिफारिसकाे आधारममा गाउँपालिकाकाे बासिन्दा भएकाे पहिचान खुल्ने गरी परिचय पत्रकाे आधारमा रक्त संचार केन्द्र वीरगंजले निशुल्क रगत उपलब्ध गराउनु पर्ने छ । साे वापतकाे रकत प्रति युनिट रु एक हजार ५० शुल्क गाउँपालिकाले तिर्नु पर्ने छ । 

गाउँ कार्यपालिका पहिलाे बैठकको निर्णय बमोजिम गाउँपालिका अन्तर्गतका बिरामीहरुकाे लागि निशुल्क रगत उपलब्ध गराउन दुई पक्षिय समझाैता भएकाे गाउँ कार्यपालिका सदस्य सराेज चाैरसियाले वताए । आजै देखि जिराभवानी गाउँपालिका अन्तर्गतका जनताले आफ्नो परिचय खुल्ने परिचयपत्र देखाए नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजबाट निशुल्क रगत उपलब्ध हुने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...