Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

“अब सुतल ठीक नइखे” र “हिरोशिमा” पुस्तकको बिमोचन

spot_img
spot_img

वीरगंज । भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित “अब सुतल ठीक नइखे” (गजल संग्रह) र “हिरोशिमा” (हाइकू संग्रह) पुस्तकको शनिबार बिमोचन गरिएको छ । एक कार्यक्रमका बिच दुवै पुस्तकको बिमोचन मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले गरेका हुन् ।

नेपाल भोजपुरी समाज वीरगंजकाे आयोजनामा वीरगंजस्थित कलवार कल्याण समिति पर्साको सभाहलमा भएकाे कार्यक्रममा मुख्यमन्त्री गद्दीले पुस्तक खोली दर्शक दिर्घमा पुस्तक प्रदर्शन गरी पुस्तकको बिमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश सरकार प्रदेश भित्र बोलिने सबै भाषाको बिकास गर्नका लागि गम्भीर रहेको कुरामा जोड दिए । मुख्यमन्त्री गद्दीले प्रदेश सरकार भाषा, कला, साहित्यको विकासका लागि एकाडेमी गठन गरी अगाडी बढने बताउँदै भोजपुरी भाषाको विकासको लागि अक्षयकोषको स्थापना गर्ने बताए ।

नेपाल भोजपुरी समाज वीरगंजका अध्यक्ष ध्रव सिंह ठकुरीको अध्यक्षमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, प्रा. डा. दिपक शाक्य, साहित्यकार डा. हरेन्द्र हिमकर, उमाशंकर द्विवेदी, डा. विशम्भर शर्मा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिमोचन कार्यक्रममा दुबै पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्तिको बिषयमा वीरगंजका बरिष्ठ साहित्यकार एवं उद्योगपती गणेश लाठले प्रकाश परेका थिए । “अब सुतल ठिक नइखे” गजल संग्रहमा गुप्ताले ५१ वटा गजलहरु संग्रहित गरेका छन् भने “हिरोशिमा” हाइकू संग्रहमा २०१ वटा हाइकू समावेश गरेका छन् ।

संग्रहमा राजनितिक देखि समाजिक तथा श्रगार रसमा अधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए ।

बिमोचन कार्यक्रमको संचालन नेपाल भोजपुरी समाजका उपाध्यक्ष सलमा खातुनले गरेका थिए भने अथितीहरुलाई स्वागत समाजका सचिव राजेन्द्र सिंह राजपुतले स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...