Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

“अब सुतल ठीक नइखे” र “हिरोशिमा” पुस्तकको बिमोचन

spot_img
spot_img

वीरगंज । भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित “अब सुतल ठीक नइखे” (गजल संग्रह) र “हिरोशिमा” (हाइकू संग्रह) पुस्तकको शनिबार बिमोचन गरिएको छ । एक कार्यक्रमका बिच दुवै पुस्तकको बिमोचन मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले गरेका हुन् ।

नेपाल भोजपुरी समाज वीरगंजकाे आयोजनामा वीरगंजस्थित कलवार कल्याण समिति पर्साको सभाहलमा भएकाे कार्यक्रममा मुख्यमन्त्री गद्दीले पुस्तक खोली दर्शक दिर्घमा पुस्तक प्रदर्शन गरी पुस्तकको बिमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश सरकार प्रदेश भित्र बोलिने सबै भाषाको बिकास गर्नका लागि गम्भीर रहेको कुरामा जोड दिए । मुख्यमन्त्री गद्दीले प्रदेश सरकार भाषा, कला, साहित्यको विकासका लागि एकाडेमी गठन गरी अगाडी बढने बताउँदै भोजपुरी भाषाको विकासको लागि अक्षयकोषको स्थापना गर्ने बताए ।

नेपाल भोजपुरी समाज वीरगंजका अध्यक्ष ध्रव सिंह ठकुरीको अध्यक्षमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, प्रा. डा. दिपक शाक्य, साहित्यकार डा. हरेन्द्र हिमकर, उमाशंकर द्विवेदी, डा. विशम्भर शर्मा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिमोचन कार्यक्रममा दुबै पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्तिको बिषयमा वीरगंजका बरिष्ठ साहित्यकार एवं उद्योगपती गणेश लाठले प्रकाश परेका थिए । “अब सुतल ठिक नइखे” गजल संग्रहमा गुप्ताले ५१ वटा गजलहरु संग्रहित गरेका छन् भने “हिरोशिमा” हाइकू संग्रहमा २०१ वटा हाइकू समावेश गरेका छन् ।

संग्रहमा राजनितिक देखि समाजिक तथा श्रगार रसमा अधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए ।

बिमोचन कार्यक्रमको संचालन नेपाल भोजपुरी समाजका उपाध्यक्ष सलमा खातुनले गरेका थिए भने अथितीहरुलाई स्वागत समाजका सचिव राजेन्द्र सिंह राजपुतले स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...