Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

सिभिल बैंक र पर्सा प्रहरीकाे बदमासीले पिडित प्रताडित

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले, पिडितलाई न्याय दिलाउँनुको साट्टो पिडकसंग मिलेर नै पिडितलाई प्रताडित गर्ने काम गरेकाे आराेप लागेकाे छ । बैकिङ्ग कसुर मुद्दामा पिडकसंगको मिलोमतोमा अन्यायमा परेका पिडितलाई न्यायोचित छानविन गरी दोषीलाई कारवाही गर्नुको साटो उल्टै अन्यायमा परेको पिडितलाई नै थप प्रताडित गर्ने काम प्रहरीबाट नै भएको देखिएकाे छ ।

प्रहरीबाट न्याय नपाएपछि वीरगंज महानगरपालिका वडा नम्बर २५ अलौंका जियालाल साह तुराहाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि अन्याय भएको बताउँदै न्याय दिलाई दिन पत्रकारहरु संग गुहार नै गरेका छन ।

आफनै भिनाजु पर्ने अयोध्या साह तुराहाले वीरगंजकाे महाबिर स्थानमा रहेको सिभिल बैंकमा मेरो नाममा रहेको खाताको बैंककै कर्मचारीहरुको मिलोमतोमा नक्कली हस्ताक्षर गरी चेकबुक निकालेर चेक मार्फत १ करोड ६५ लाख ९४ हजार ३०८ रुपैया दिएको दावी गर्दै चेक बाउन्स गरी आफू माथि प्रहरीको मिलोमतोमा बैकिंङ्ग कसूरमा मुद्दा दिएको उनले बताए ।

अयोध्याको जेठो छोरा हरेराम कुमार साहले जियालाल साह तुराहाको नक्कली हस्ताक्षर गरेर २०७८ फागुन १६ गते सिभिल बैंककै कर्मचारीको मिलोमतोमा एक थान (१० पेज) को चेक निकालेका थिए । पहिलो चेकमा १९ लाख भरेर उक्त बैंकमा चेक बाउन्स गराई उल्टै जियालाल माथि बैंकिङ्ग कसूरमा मुद्दा दर्ता गराई पक्राउ पुर्जी जारी गराएका थिए ।

बैंकिङ्ग कसुरमा मुद्दा दर्ता गर्दा साे बारे सम्बन्धित व्यक्तिसंग एक पटक प्रहरीले बुझ्नु पर्ने प्रावधान रहेपनि प्रहरीले सिधै मुद्दा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी जारी गराएकाे पिडित जियालालले वताए । चेक बाउन्स गर्नु अघि बैंकले पनि एकपटक पनि आफुलाई जानकारी अथवा चेक बारे नसाेधेकाे उनले जानकारी गराए ।

चेक बाउन्स गरी उजुरी दिएको बारे जानकारी पाएपछि मिति २०७९ जेष्ठ १९ गते नक्कली हस्ताक्षर गरेर चेकपेश गरेको उजुरी दिदाँ समेत प्रहरीले कारवाही गरेन उनले भने । पुन अर्को मिति २०७९ असार ५ गते अर्को निवेदन दिदा डिएसपी ओमप्रकाश खनाल र प्रहलाद कार्कीले दुवैजना मिल्नुस् भनेर दबाब दिएपनि उजुरी शाखाका तिलधारी साहले कुनै पहल गरेनन् ।

प्रहरी समक्ष आफूसंग कुनै प्रकारको चेकबुक नरहेको र यो चेकमा मेरो हस्ताक्षर नभएको बारम्बार बयान दिदा समेत प्रहरीले कुनै सुनवाई नगरी उल्टै आफूलाई पक्राउ गरी ४० दिनसम्म हिरासतमा राखेर मानसिक तनाव दिएको उनले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, उच्च अदालतमा मुद्दा गएपछि न्यायधिश समक्ष बयानमा आफू संग चेक नभएको अवस्थामा हस्ताक्षर मैले कसरी गरे, यसको निश्पक्ष छानविन गर्नुपर्ने माँग गरेको थिए ।

न्यायधिशले चेकमा हस्ताक्षर सम्बन्धीत खातावालाले नै गरेको हो होईन बुझन केन्द्रिय पुलिस फोरेंसिक विधि विज्ञान प्रयोगशालामा समेत परिक्षण गराउँदा रिपोर्टमा हस्ताक्षर नक्कली रहेको रिपोर्ट समेत अदालतमा पेश हुँदा जियालाल साहलाई ३ लाख रुपैया धरौटीमा छोडेका थिए ।

केन्द्रिय प्रहरी फोरेंसिक विधि विज्ञान प्रयोगशालाको रिपोर्टको आधारमा र सिभिल बैंकको सिसि क्यामरा फुटेजमा समेत अयोध्या साह तुहारा र उनका छोरा हरेराम कुमार साह तुहाराले नक्कली हस्ताक्षर गरेर चेकबुक निकालेको प्रमाण हुँदा हुदै पनि प्रहरीले अयोध्या संग आर्थिक लेनदेनको प्रभावमा परेर उल्टै आफूलाई प्रताडित गर्ने काम गरीरहेको उनले आरोप लगाए ।

एउटा छोराले नक्कली हस्तक्षर चेक निकाल्छ, अर्को छोरा पप्पु कुमार साहले चेकबाउन्स गराएर बैकिङ्ग कसूरको झुठो मुद्दा दिएर आफूलाई फसाउँन खोजेको बारे प्रमाण सहित लिखित उजुरी दिदा समेत प्रहरीले कुनै कारवाही नगरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, प्रल्हाद कार्की र उजुरी शाखाका तिलकधारी साहको मिलोमतोमा आफूमाथि जबरजस्ती मुद्दा लगाएर फसाउँन खोजेको उनको आरोप छ । नक्कली हस्ताक्षर गरी जियालालकाे चेकमा १९ लाख रुपैया भरेर पप्पुले मुद्दा गरेका छन ।

अहिले पनि उनीहरु संग ९ वटा चेक बाँकी छ । जसमध्ये उनको अर्का भाई ललडु बाबु साहको नाममा २ लाख ९४ हजार ३०८ रुपैया, अयोध्या साहले आफनो नामले ९५ लाख, २० लाख र १० लाखको छुट्टा छुट्टै चेक काटेर राखेका छन र अयोध्याले आफनो श्रीमती उमरावती देवीको नाममा १९ लाख रुपैया रकम भरी चेक काटेर राखेका छन ।

अहिले पनि उनीसंग ४ वटा खाली चेक छ । बारम्बार धम्काउँदै आईरहँदा पनि प्रहरीले उल्टै उनीहरुको संरक्षण गरीरहेको उनले आरोप लगाए ।

अलौं चोक नजिकै रहेको आफनो खाली जग्गामा सिभिल बैंकबाट आफूले २०७४ सालमा ३३ लाख रुपैया कर्जा लिएर सानो घर बनाएर परिवारलाई पाल्ने काम गर्दै आएको छु । उनले भने, ‘ लिएको कर्जा तरकारी बेचेर चुकाउँदै आईरहेको छु ।’ १ करोड ६५ लाख रुपैया कुन आधारमा मलाई अरुले पैसा दिन्छ, त्यो पत्याउँने कुरा नै छैन । पत्रकार सम्मेलनमा उनले बैंकबाट कर्जा लिदा पनि बैंक कर्मचारीको मिलोमतोमा अयोध्याले ३३ लाख रुपैयाको आफनो नाममा छुट्टै तमसुक बनाएको आरोप समेत लगाए ।

पप्पु कुमार साहले चेकमा किर्ते सहि गरी चेक बाउन्स गराई राखेको चेक प्रहरीकै मिलोमतोमा बैकिंङ्ग कसूर मुद्दामा फसाउँने षडयन्त्र गरी रहँदा न्यायको लागि जियालाल साहले पुरै परिवार सहित पत्रकार सम्मेलन मार्फत हार गुहार गरेका छन ।

डिएसपीकै मिलोमतोमा मुद्दा शाखाका प्रहरी कर्मचारीहरुले बैंककै कर्मचारीहरु संगको मिलोमतोमा सिधासधा मानिसलाई बैंकिङ्ग कसूर मुद्दामा फसाई कमिशन लिने गरेको आराेप लाग्ने गरेकाे छ । याे घटनाले झन प्रहरी शंकाकाे घेरामा परेकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...