Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट बीच सहकार्य गर्न सम्झौता

spot_img
spot_img

वीरगंज । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको उद्देयय बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको जनाइएकाे छ ।

रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण, हरियाली तथा सरसफाई सम्वन्धि कार्य, फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यहि साउन १६ गते शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट नेपालबिच सहकार्य गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...