Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट बीच सहकार्य गर्न सम्झौता

spot_img
spot_img

वीरगंज । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको उद्देयय बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको जनाइएकाे छ ।

रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण, हरियाली तथा सरसफाई सम्वन्धि कार्य, फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यहि साउन १६ गते शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट नेपालबिच सहकार्य गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...