Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साकाे प्रथम जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनमा मनाेज पटेलकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएका छन् ।

संगठनकाे उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चाैरसिया, सह सचिवमा विनाेद पटेल, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, संताेष साह, दिपक कुशवाहा, शयाम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चाैरसिया, श्याम सर्राफ, अनुप यादव, सराेज पटेल लगायतका पनि निर्विराेध निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहेने गरी थपमा संजय साह, नरेश सर्राफ, संताेष साह, आशमहमद मियाँ र दिपक चाैरसियालाई पनि निर्विराेध चयन गरेकाे छ ।

त्यसैगरी अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चाैरसियालाई पनि निर्विराेध चयन गरेकाे छ ।

अधिवेशनकाे उद्घाटन पूर्व मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सचिव नागेन्द्र चाैधरीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सचिव चाैधरीले पर्सेली पत्रकारहरुकाे क्षमता वृद्धि जरुरी रहेकाे वताए । उनले काठमाडाैंकाे मिडिया हाउसहरु विकास गरे पनि वीरगंजकाे मिडिया हाउसहरु त्यसकाे तुलनामा विकास गर्न नसकेकाेमा दुखेसाे समेत पाेखे ।

सचिव चाैधरीले पत्रकारहरुलाई हुँदै नभएकाे समाचार लेखेर कसैकाे चरित्र हत्या नगर्न पनि आग्रह गरे । उनले तथ्यकाे अधारमा सत्य समाचार लेखन मात्र आग्रह गरे । 

मधेश प्रदेशका उद्याेग, पर्यटन तथा वन मन्त्री शत्रुधन महताेले संचार माध्यम प्रतिकाे विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गरे । उनले पत्रकारलाई विना तथ्य प्रमाणकाे कसैकाे चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाए । 

मन्त्री महताे लाेकतन्त्र र समाजवादकाे पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताकाे पक्षमा रहेकाे जिकिर समेत गरे ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिकाे यात्रामा रहेकाे वताए । उनले पत्रकारिता जहिले पनि समाज रुपान्त्रणकाे लागि हुनु पर्ने वताए ।

संघठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पाेलिट ब्युराे सदस्य एवम् पर्सा इन्जार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता, वीरगंज पब्लिक कलेजका संचालक डा. दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबाष साह, मधेश प्रदेशका संयाेजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकाेठे मगर लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन सचिव अजय चाैरसियाले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...