Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन बाराकाे प्रथम अधिवेशन सम्पन्न

spot_img
spot_img

कलैया । समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएकाे छ । बाराको सदरमुकाम कलैयामा सम्पन्न अधिवेशनले अजय साहकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएका छन् । 

समितिकाे उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सह सचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरुमा पवन विक, बिजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत निर्वाचित भएका छन् ।

उद्याेग वाणिज्य संघकाे सभा हलमा भएकाे अधिवेशनकाे उद्घाटन संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा, मधेस प्रदेशका सांसद सीता गुरुङ, संगठनका उप महासचिव रामकुमार एलन, सचिव एवम् मधेश प्रदेशका इन्चार्ज सुभाष साह, मधेस प्रदेशका संयाेजक वृजलाल पासवान, केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख रमेश सुवेदी, केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, एकीकृत समाजवादी बाराका सचिव विक्रम ठाकुर, सह सचिव धुर्व यादव लगायतकाे उपस्थिती रहेको थियो ।

यता समाजवादी प्रेस संगठन पर्सा शाखाकाे प्रथम जिल्ला अधिवेशन यही साउन १८ गते हुने भएकाे छ । वीरग‌ंजकाे आदर्शनगरस्थित नगर सभा गृहमा अधिवेशन हुने संगठन पर्साका अध्यक्ष मनाेज पटेलले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...