Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा विपद ब्यवस्थापन सम्बन्धि दुई दिने तालिम सुरु

spot_img
spot_img

वीरग‌ज । पर्साको पोखरिया नगरपालीकामा जनप्रतिनिधिहरुकाे लागि दुई दिने विपद ब्यवस्थापन तथा जोखिम न्युनिकरण सम्बन्धि  क्षमता अभिबृधी तालिम सुरु भएको छ । पाेखरिया नगरपालिकाकाे बैठक कक्षमा सुरु भएकाे तालिमकाे उद्घाट पाेखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले गरेका थिए ।

तालिम उद्घाट गर्दै मेयर चौहानले नगर क्षेत्रमा विपदकाे जोखिम न्युनिकरण गर्न आफ्नाे ध्यानाकर्षण भएको बताए । उनले वर्षायाममा बाढी, पहिरो र जाडोमा बृधबृधा, बालबालिका, एकल महिला, दलित, जनजाती, पिछडा वर्ग लगायत अन्य वर्गका मानिसहरु जो गरिब छन् उनिहरुलाई पनि प्राभमिकतामा राखेर तयारी थाल्ने वताए ।

आईओएम र युएसएआईडि एकसनएडको सहयोगमा सुरु भएको तालिममा सहभागी जनप्रतिनिधिलाई प्रकृतिक विपद आउनु अघि जोखिम न्युनिकरण गर्न कसरी तयार रहने बिषयमा प्रशिक्षक सोनाली सिँह पटेल र छबिरमन भटराईले प्रशिक्षण दिइरहेका छन् ।

पोखरिया नगरपालीकाको विपद ब्यवस्थापन शाखा प्रमुख राजेशवर प्रसाद कुर्मीको सभापतित्वमा भएकाे तालिममा प्रमोद गिरी, केदार महतो, रामप्रवेश प्रसाद चौहान, महेन्द्र महतो चाई, प्रमान्नद पटेल, किशाेरी साह तेली, नौसाद आलम, नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरियाको सभापती भगवान प्रसाद कुर्मी, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको प्रहरी निरिक्षक हरिकृष्ण ढकाल लगायतकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...