Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा विपद ब्यवस्थापन सम्बन्धि दुई दिने तालिम सुरु

spot_img
spot_img

वीरग‌ज । पर्साको पोखरिया नगरपालीकामा जनप्रतिनिधिहरुकाे लागि दुई दिने विपद ब्यवस्थापन तथा जोखिम न्युनिकरण सम्बन्धि  क्षमता अभिबृधी तालिम सुरु भएको छ । पाेखरिया नगरपालिकाकाे बैठक कक्षमा सुरु भएकाे तालिमकाे उद्घाट पाेखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले गरेका थिए ।

तालिम उद्घाट गर्दै मेयर चौहानले नगर क्षेत्रमा विपदकाे जोखिम न्युनिकरण गर्न आफ्नाे ध्यानाकर्षण भएको बताए । उनले वर्षायाममा बाढी, पहिरो र जाडोमा बृधबृधा, बालबालिका, एकल महिला, दलित, जनजाती, पिछडा वर्ग लगायत अन्य वर्गका मानिसहरु जो गरिब छन् उनिहरुलाई पनि प्राभमिकतामा राखेर तयारी थाल्ने वताए ।

आईओएम र युएसएआईडि एकसनएडको सहयोगमा सुरु भएको तालिममा सहभागी जनप्रतिनिधिलाई प्रकृतिक विपद आउनु अघि जोखिम न्युनिकरण गर्न कसरी तयार रहने बिषयमा प्रशिक्षक सोनाली सिँह पटेल र छबिरमन भटराईले प्रशिक्षण दिइरहेका छन् ।

पोखरिया नगरपालीकाको विपद ब्यवस्थापन शाखा प्रमुख राजेशवर प्रसाद कुर्मीको सभापतित्वमा भएकाे तालिममा प्रमोद गिरी, केदार महतो, रामप्रवेश प्रसाद चौहान, महेन्द्र महतो चाई, प्रमान्नद पटेल, किशाेरी साह तेली, नौसाद आलम, नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरियाको सभापती भगवान प्रसाद कुर्मी, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको प्रहरी निरिक्षक हरिकृष्ण ढकाल लगायतकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...