Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीकाे जंगलबाट एक भारतीय किशोरीको उद्दार

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ बाट १ जना भारतीय किशोरीको उद्दार गरिएको छ । स्थानीय जंगलमा अन्दाजी २२ वर्षीय एक युवकसँगै भेटिएकी १६ वर्षीय किशोरीलाई ठोरी १ का वडाध्यक्ष धनमान थापाको पहलमा उद्दार गरिएको हो ।

युवती र युवकका अभिभावकले ठोरी १ का वडाध्यक्ष थापालाई आफ्ना छोराछोरी ठोरीतिरै आएको जानकारी दिएपछि खोजी गर्दा त्यहिको एक जङ्गलमा फेला पारेको अध्यक्ष थापाले बताए  ।

उनीहरूलाई फेला पारेपछि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

ती युवकले किशोरीलाई ललाइफकाई ठोरीसम्म ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उद्दार गरिएकी किशोरीलाइ परिवारका सदस्यलाई जिम्मा लगाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...