Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नागरिकता विधेयक पारित भएपछि पकहा मैनपुर र पाेखरियामा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयक पारित भएकाे खुशियालीमा शुक्रबार नेपाली कांग्रेसले पाेखरिया र पकहा मैनपुरमा दीप प्रज्वलन गरेकाे छ । 

नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशियालीमा नेपाली कांग्रेस पकहा मैनपुरकाे आयाेजनामा पकहा मैनपुर गाउँपालिकाकाे मधुवनी चाैकमा दीप प्रज्वलन गरिएकाे राकेश कुशवाहाले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा पकहा मैनपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विनाेद मेहता, वडा नं. २ का वडाध्यक्ष मुकुट प्रसाद चाैहान, वडा नं. ३ का वडाध्यक्ष संजय चाैहान, वडा नं. ४ का वडाध्यक्ष ढेडी यादव, कांग्रेसका स्थानिय नेता सिन्धु मेहता, बिरेन्द्र यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी पाेखरिया नगरपालिकामा पनि कांग्रेसले दीप प्रज्वलन गरेकाे छ । नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशियालीमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा शुक्रबार सांझ दीप प्रज्वलन गरेका हुन् । 

 नेपाली काँग्रेस पोखरिया नगर कमिटीका अध्यक्ष रामबाबु प्रसाद चौहानको सभापतीत्व र पाेखरिया नगरपालिकाका पूर्व मेयर  दिपनारायण रौनियारकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता बिरेन्द्र पाण्डेय, प्रमोद राय, वडा अध्यक्ष लक्षमण साह कानु, किसोरी साह तेली, प्रमानन्द प्रसाद पटेल, सियानन्द प्रसाद चौहान, सोनालाल साह गोढ लगायतकाे उपस्थिती रहेका थियाे ।

कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव सुरेन्द्र प्रसाद सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...