Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

नागरिकता विधेयक पारित भएपछि पकहा मैनपुर र पाेखरियामा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयक पारित भएकाे खुशियालीमा शुक्रबार नेपाली कांग्रेसले पाेखरिया र पकहा मैनपुरमा दीप प्रज्वलन गरेकाे छ । 

नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशियालीमा नेपाली कांग्रेस पकहा मैनपुरकाे आयाेजनामा पकहा मैनपुर गाउँपालिकाकाे मधुवनी चाैकमा दीप प्रज्वलन गरिएकाे राकेश कुशवाहाले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा पकहा मैनपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विनाेद मेहता, वडा नं. २ का वडाध्यक्ष मुकुट प्रसाद चाैहान, वडा नं. ३ का वडाध्यक्ष संजय चाैहान, वडा नं. ४ का वडाध्यक्ष ढेडी यादव, कांग्रेसका स्थानिय नेता सिन्धु मेहता, बिरेन्द्र यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी पाेखरिया नगरपालिकामा पनि कांग्रेसले दीप प्रज्वलन गरेकाे छ । नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशियालीमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा शुक्रबार सांझ दीप प्रज्वलन गरेका हुन् । 

 नेपाली काँग्रेस पोखरिया नगर कमिटीका अध्यक्ष रामबाबु प्रसाद चौहानको सभापतीत्व र पाेखरिया नगरपालिकाका पूर्व मेयर  दिपनारायण रौनियारकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता बिरेन्द्र पाण्डेय, प्रमोद राय, वडा अध्यक्ष लक्षमण साह कानु, किसोरी साह तेली, प्रमानन्द प्रसाद पटेल, सियानन्द प्रसाद चौहान, सोनालाल साह गोढ लगायतकाे उपस्थिती रहेका थियाे ।

कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव सुरेन्द्र प्रसाद सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...