Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साका ६ पालिका र भूमि आयोग बिच सम्झौता

spot_img
spot_img

वीरगंज । पर्साका थप ६ वटा पालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पोखरिया नगरपालिका, पकहा मैनपुर पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिकाले आयोगसँग सम्झौता गरेका हुन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न, नाप नक्सा गर्नेदेखि लालपूर्जा वितरणसम्मको काममा सहजीकरण गर्न स्थानीय तहले आयोगसँग सम्झौता गरेकाे पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले वताए ।

भुभि आयोगका बिज्ञ सदस्य राघो राय यादवले अब भुमिहिनहरुले जग्गा र लालपुर्जा पाउने वताए । जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे सम्झाैता पत्रमा हस्ताक्षर कार्यक्रमकाे वाेल्दै यादवले पर्साको १४ वटा पालिकामा वडास्तर देखी पालिका स्तर सम्म राष्ट्रिय भुमि आयोग गठन गरी भूमिहीन सुकुम्बासीकाे समस्या सामाधान गर्न आग्रह गरे ।

कार्यक्रममा पालिकाकाे तर्फबाट प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आयोगकाे तर्फबाट विज्ञ सदस्य राधो राय यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

राष्ट्रिय भुमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदको अध्यक्षतामा भएको कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमाेद तिवारी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र पोखरीया नगरपालिकाकी उप मेयर रुबी कुमारी ठाकुर लगायतको सहभागीता रहेको थियो ।

भुमि आयाेग पर्साले आयाेजना गरेकाे कार्यक्रमकाे सहजिकरण नापी कार्यालयका सदस्य सचिव नारायाण कुमार श्रेष्ठले गरेका थिए ।

यसअघि वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका, ठोरी, कालिकामाई र धोविनी गाउँपालिकाले आयोगसँग सम्झौता गरिसकेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...