Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

चार वर्षीया वालिकाकाे हत्या अभियोगमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । चार वर्षीया वालिकामाथि करणी तथा हत्या गर्ने अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । एक १२ वर्षीय वालकसहित वीरगंज महानगरपालिकाकाे वडा नं.२ बस्ने वर्ष १९ को जफ्रुदीन भन्ने सलमान खान र वीरगंज महानगरपालिका कै वडा नं.१६ बस्ने वर्ष १८ को सलमान खानलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

प्रहरीका अनुसार साउन ०५ गते वेलुका ७ बजेदेखि ४ वर्षीया वालिका हराइरहेको भन्ने निवेदन बालिकाको हजुरबुवाले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएका थिए । खाेजतलाश गर्ने क्रममा साउत ७ गते विहान ७:० बजे वीरगंज महानगरपालिकाकाे वडा नं.२ छप्कैयास्थित खाली जग्गाको झाडीमा उक्त हराइरहेकी ४ वर्षीया वालिकाको मृत शव फेला परेको थियाे ।

अनुसन्धानको क्रममा १२ वर्षीय वालक संलग्न रहेको भन्ने खुलेको र निजसंग प्रारम्भिक सोधपुछको क्रममा निज वालक तथा अन्य ३ जना समेतको संलग्नतामा उक्त हराएकी वालिकालाई सामूहीक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको भनी खुलेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अन्य सलंग्न ३ जनाको खोजतलास गर्ने क्रममा जफ्रुदिनलाई वीरगंज महानगरपालिकाकाे वडा नं.२ घुसुकपुरस्थितबाट र वीरगंज महानगरपालिकाकाे वडा नं. १६ बस्ने वर्ष १८ को सलमान खानलाई वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवास्थित सडकखण्डबाट पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

मृतक ४ वर्षीया वालिकाको शव पोष्टमार्टम पश्चात सदगतको लागि परिवारको जिम्मा लगाइ पठाइएको र पक्राउ परेका आरोपितहरू विरुद्द जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेकाे प्रवक्ता कार्कीले वताए ।

उक्त घटनामा संलग्न फरार आरोपित व्यक्तिको पहिचान भैसकेको र निजलाई तदारुक्ताका साथ खोजतलास भइरहेकाे समेत उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...