Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जनप्रतिनिधिले आफ्नाे धर्म निर्वाह गर्नु पर्छ : नेता रिजाल

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे आयाेजनामा आइतबार महाेतरीकाे बर्दीबासमा स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिरुकाे सम्मान, बधाई तथा शुभकामना एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
 
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति  श्रीकृष्ण यादवको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेसका उप सभापति पुर्ण बहादुर खड्काले गरेका थिए ।
 
कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाली कांग्रेसलाई अगाडी बढाउन नवनिर्वाचित जनप्रतिनिधिहरुले भुमिका खेल्नु पर्ने वताए । उनले याे पालिकाकाे निर्वाचनमा कांग्रेसबाट धेरै युवाहरु निर्वाचित भएकाेले राम्राे काम गरेर पार्टीलाई अगाडी बढाउनु पर्ने वताए ।
 
कार्यक्रममा वाेल्दै नेता रिजालले युवा जनप्रतिनिधिले राम्राे काम गरेर देखाए अगामी निर्वाचनमा अझै बढी युवाहरुलाई पार्टीले अवसर प्रदान गर्ने वताए । उनले जनप्रतिनिधिले पैसाको पछाडि मात्र कुदने नभई जनप्रतिनिधिकाे धर्म निर्वाह गर्नु पर्ने वताए ।
 
नेता रिजालले जितमा म आफै जिते, हारमा अरुको कारणले हारे भनेर हुँदैन, जित हारकाे आत्मसमिक्षा जरुरी रहेकाे समेत वताए ।
 
कार्यक्रममा प्रदेश अन्तर्गतका ८ जिल्लाका नवनिर्वाचित पालिका प्रमुख, उप प्रमुख र वडाध्यक्षहरुलाई सम्मान गरिएकाे कांग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...