Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जनप्रतिनिधिले आफ्नाे धर्म निर्वाह गर्नु पर्छ : नेता रिजाल

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे आयाेजनामा आइतबार महाेतरीकाे बर्दीबासमा स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिरुकाे सम्मान, बधाई तथा शुभकामना एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
 
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति  श्रीकृष्ण यादवको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेसका उप सभापति पुर्ण बहादुर खड्काले गरेका थिए ।
 
कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाली कांग्रेसलाई अगाडी बढाउन नवनिर्वाचित जनप्रतिनिधिहरुले भुमिका खेल्नु पर्ने वताए । उनले याे पालिकाकाे निर्वाचनमा कांग्रेसबाट धेरै युवाहरु निर्वाचित भएकाेले राम्राे काम गरेर पार्टीलाई अगाडी बढाउनु पर्ने वताए ।
 
कार्यक्रममा वाेल्दै नेता रिजालले युवा जनप्रतिनिधिले राम्राे काम गरेर देखाए अगामी निर्वाचनमा अझै बढी युवाहरुलाई पार्टीले अवसर प्रदान गर्ने वताए । उनले जनप्रतिनिधिले पैसाको पछाडि मात्र कुदने नभई जनप्रतिनिधिकाे धर्म निर्वाह गर्नु पर्ने वताए ।
 
नेता रिजालले जितमा म आफै जिते, हारमा अरुको कारणले हारे भनेर हुँदैन, जित हारकाे आत्मसमिक्षा जरुरी रहेकाे समेत वताए ।
 
कार्यक्रममा प्रदेश अन्तर्गतका ८ जिल्लाका नवनिर्वाचित पालिका प्रमुख, उप प्रमुख र वडाध्यक्षहरुलाई सम्मान गरिएकाे कांग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...