Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमाले पर्साको दोस्रो पुर्ण बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्साको दोस्रो पुर्ण बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष जयप्रकाश थारुकाे अध्यक्षता र जिल्ला ईन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यता बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले ३३ सदस्यीय सचिवालय गठन संगै पालिका र जनवर्गिय संगठनको ईन्चार्ज समेत ताेकेकाे छ ।

३३ सदसिय सचिवालयमा १४ औं पालिका प्रमुखसहित उपाध्यक्ष फरमान मियाँ, सचिव मनोज गुप्ता, सह सविच प्रद्युमन सेढाई, नेताहरु संतोष पासवान, शिवजी गुप्ता, अमल यादव, अमानत अंसारी, लालबाबु शेख, मानदेव हजरा, ईमरान हुसेन, रन्जु फुयाल, अफजल हुसेन, श्याम बन्जारा, मनोज कुशवाहा, धुरुव साह, केदार तिवारी, महमद निजाम, रवि गुप्ता, मिना गरी लगायत रहेका छन् ।

बैठकले वीरगंज महानगरको ईन्चार्ज जयप्रकाश थारु, पोखरीया नगरपालिकाको ईन्चार्ज बिनोद गिरी, पर्सागढी नगरपालिकाकाे ईन्चार्ज नन्दलाल कुर्मी, बहुदरमाई नगरपालिकाको ईन्चार्ज पुरन कुर्मी, ठोरी गाँउपालिकाको ईन्चार्ज गोबिन्द प्रताप श्रेष्ठ, जिराभवानी गाँउपालिकाको ईन्चार्ज उषा चौधरी, जगरनाथपुर गाँउपालिकाको ईन्चार्ज मदिस राउत गद्दी, धोवनी गाँउपालिकाको ईन्चार्ज बिरेन्द्र साह कानु, छिपहरमाई गाँउपालिकाको ईन्चार्ज गौरी शंकर साह कानु, कालिकामाई गाँउपालिकाको ईन्चार्ज सुनिल चौरसिया, पकहा मैनपुर गाँउपालिकाको ईन्चार्ज बिकाश पाण्डे, बिन्दवासनी गाँउपालिकाको ईन्चार्ज हनिफ अंसारी, संखुवा प्रसौनी गाँउपालिकाको ईन्चार्ज यशन्वत यादव र पटेर्वा सुगौली गाँउपालिकाको ईन्चार्ज हरीनारायण चौधरीलाई ताेकेकाे छ । 

यसैगरी बैठकले जनवर्गिय संगठनहरुको ईन्चार्ज पनि तोकेको छ । बैठकले अनेरास्वीयुको ईन्चार्ज शिवजि गुप्ता ,अनेमसंघको ईन्चार्ज बिन्दु श्रेष्ठ, सह ईन्चार्ज ज्योति चौरसिया, प्रेस चौतारीको ईन्चार्ज लालबाबु शेख, युवा संघको ईन्चार्ज रवि गुप्ता, सह इन्चार्ज ओमप्रकाश गुप्ता, खेलकुद महासंघको ईन्चार्ज बिमल पौडेल, पेशागत महासंघको ईन्चार्ज आनन्द उपाध्याय, मुक्ति समाजको ईन्चार्ज रामचन्द्र राम, सह इन्चार्ज अनिल हजरा, टेड युनियनको ईन्चार्ज टिका भण्डारी, सह ईन्चार्ज रामानन्द पटेल, शिक्षक संगठनको ईन्चार्ज अफजल अंसारी, किसान महासंघको ईन्चार्ज अमल यादव, सह ईन्चार्ज रामेश्वर चौहान, उद्योग व्यव्यसाय संघको ईन्चार्ज नरेश टिवडेवाल, सह ईन्चार्ज श्याम गुप्तालाई ताेकिएकाे अध्यक्ष थारुले जानकारी दिए ।

वीरगंजस्थित रोयल पार्टी प्यालेशमा बसेकाे बैठकमा पर्सा जिल्ला सह ईन्चार्ज राजकुमार गुप्ता, अरविन्द सिंह, संबिधान सभा सदस्य बिचारी यादव, प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी, जालिम मिया, बलिराम साह, तेजप्रकाश निषाद, शम्भु गुप्ता, बाबुराम कौशिक, वीरगंज महानगरपालिकाका पुर्व मेयर बिजय कुमार सरावगी लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...