Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जसपा परित्याग गरेका पर्साका नेताहरु माओवादी केन्द्र प्रबेश

spot_img
spot_img

वीरगंज । एक सत्ता पहिला जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका पर्साका दुई केन्द्रिय सदस्यसहितका नेताहरु शुक्रबार नेकपामा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

जसपा केन्द्रिय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव लगायतका दर्जनाैं नेता तथा कार्यकर्ताहरुले माओवादी प्रबेश गरेका हुन् ।

काठमाडाैंस्थित पेरिसडाँडामा आयोजित कार्यक्रममा सबै जनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

असार ३२ गते वीरगंजमा पत्रकार सम्मेलनको गर्दै पर्सा क्षेत्र नं. ४ निवासी केन्द्रिय सदस्यद्वय यादव, शाक्य लगायतकाले सामुहिक रुपमा पार्टीकाे साधारण सदस्यबाट समेत राजिनामा दिएकाे जानकारी गराएका थिए । त्यसकाे केही समयमा उनीहरु माओवादी केन्द्र प्रबेश गरेका हुन् ।

पार्टीमा स्वच्छाचारिता, पार्टी एकलौटी ढंगबाट पार्टी संचालन भएको, निति, नियत र नेतृत्व प्रष्ट नभएको र पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा ब्यक्ती, ठेक्दार र भ्रष्टाचारी हाबी भएको आराेप लगाउँदै पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएकाहरु एक सत्ता वित्दै आज माओवादी केन्द्रकाे पार्टी मुख्यालयमा पुगेका थिए  ।

पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य गाेपाल ठाकुर लगायतकाकाे समेत उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन युवा नेता रहबर अन्सारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...