Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

जसपा परित्याग गरेका पर्साका नेताहरु माओवादी केन्द्र प्रबेश

spot_img
spot_img

वीरगंज । एक सत्ता पहिला जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका पर्साका दुई केन्द्रिय सदस्यसहितका नेताहरु शुक्रबार नेकपामा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

जसपा केन्द्रिय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव लगायतका दर्जनाैं नेता तथा कार्यकर्ताहरुले माओवादी प्रबेश गरेका हुन् ।

काठमाडाैंस्थित पेरिसडाँडामा आयोजित कार्यक्रममा सबै जनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

असार ३२ गते वीरगंजमा पत्रकार सम्मेलनको गर्दै पर्सा क्षेत्र नं. ४ निवासी केन्द्रिय सदस्यद्वय यादव, शाक्य लगायतकाले सामुहिक रुपमा पार्टीकाे साधारण सदस्यबाट समेत राजिनामा दिएकाे जानकारी गराएका थिए । त्यसकाे केही समयमा उनीहरु माओवादी केन्द्र प्रबेश गरेका हुन् ।

पार्टीमा स्वच्छाचारिता, पार्टी एकलौटी ढंगबाट पार्टी संचालन भएको, निति, नियत र नेतृत्व प्रष्ट नभएको र पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा ब्यक्ती, ठेक्दार र भ्रष्टाचारी हाबी भएको आराेप लगाउँदै पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएकाहरु एक सत्ता वित्दै आज माओवादी केन्द्रकाे पार्टी मुख्यालयमा पुगेका थिए  ।

पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य गाेपाल ठाकुर लगायतकाकाे समेत उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन युवा नेता रहबर अन्सारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...