Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक बुधवार सम्पन्न भएको छ । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा सम्पन्न बैठकले मधेश प्रदेशको असार १७ गते वीरगंजमा सम्पन्न भएको बिस्तारित बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्ला अधिबेशन अघि संगठनको सदस्यहरुको सदस्यता अध्यावधिक गर्ने तथा संगठनको बिचार र आस्थासँग जोडन चाहने पत्रकारहरुलाई संगठनमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकले सो लागि आवेदन दिन ५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत गरेको जनाइएकाे छ ।

समाजवादी प्रेस संगठन नेपालमा आबद्ध हुन चाहने पत्रकारहरुले संगठनबाट उपलब्ध गराईने सदस्यता आवेदन फर्म भरी संगठनले तोकेको सदस्यता शुल्य सहित आवेदन दिन सकिने संगठनका सह सचिव विनाेल पटेलले वताए । सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता बितरण कार्यका लागि बैठकले संगठनका अध्यक्ष मनोज पटेल र सचिव अजय चौरसियालाई जिम्मेवारी समेत दिएकाे छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता एवम् संगठनका मधेश प्रदेश सह–इन्चार्ज राघो साह र मधेश प्रदेशका संयोजक बृजलाल पासवानको बिशेष उपस्थितीमा सम्पन्न भएको बैठकले प्रदेश अबिवेशनमा बिधानले तोके बमोजिमको प्रदेश प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...