Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक बुधवार सम्पन्न भएको छ । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा सम्पन्न बैठकले मधेश प्रदेशको असार १७ गते वीरगंजमा सम्पन्न भएको बिस्तारित बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्ला अधिबेशन अघि संगठनको सदस्यहरुको सदस्यता अध्यावधिक गर्ने तथा संगठनको बिचार र आस्थासँग जोडन चाहने पत्रकारहरुलाई संगठनमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकले सो लागि आवेदन दिन ५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत गरेको जनाइएकाे छ ।

समाजवादी प्रेस संगठन नेपालमा आबद्ध हुन चाहने पत्रकारहरुले संगठनबाट उपलब्ध गराईने सदस्यता आवेदन फर्म भरी संगठनले तोकेको सदस्यता शुल्य सहित आवेदन दिन सकिने संगठनका सह सचिव विनाेल पटेलले वताए । सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता बितरण कार्यका लागि बैठकले संगठनका अध्यक्ष मनोज पटेल र सचिव अजय चौरसियालाई जिम्मेवारी समेत दिएकाे छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता एवम् संगठनका मधेश प्रदेश सह–इन्चार्ज राघो साह र मधेश प्रदेशका संयोजक बृजलाल पासवानको बिशेष उपस्थितीमा सम्पन्न भएको बैठकले प्रदेश अबिवेशनमा बिधानले तोके बमोजिमको प्रदेश प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...