Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक पुन: स्थगित

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे शनिबार बस्ने भनिएकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक पनि स्थगित भएकाे छ । गाउँपालिका अध्यक्षकाे आदेशानुसार असार ३२ गते शनिबार दिउसाे ४ बजेदेखि बस्ने बैठक अर्काे सूचना नभए सम्मकाे लागि स्थगित गरिएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

शुक्रबार बसेकाे नगर सभाकाे दाेस्राे बैठक पनि स्थगित भएकाे थियाे । नगर सभा कै बिषयलाई लिएर शुक्रबार भएकाे झडपमा एक वडाध्यक्ष, एक प्रहरीसहित आधा दर्जन भन्दा बढी घाइते भएका थिए ।

शनिबार बस्ने भनिएकाे बैठकमा पुन: झडप हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै प्रहरीले बैठक स्थल श्री नेरा आधारभुत विद्यालय हरिहपुरमा कडा सुरक्षा दिएकाे थियाे । बैठक स्थलमा बाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । तर पनि बैठक बस्न सकेन ।

कांग्रेस र एमालेका गाउँ सभा सदस्यहरु प्रहरी स्कटिङमा बैठक स्थल पुगेका थिए । बैठक स्थगित भएपछि पुन: उनीहरुलाई प्रहरीले स्कटिङ मै घर पुर्याएकाे थियाे ।

जनप्रतिनिधिहरु बिच सहमति हुन नसकेर गाउँ सभा नहुँदा अगामी आर्थिक बर्ष २०७९/०८० काे नीति, कार्यक्रम तथा बजेट आउन सकेकाे छैन । नयाँ आर्थिक बर्ष सुरु भएपनि नीति, कार्यक्रम तथा बजेट नआउँदा गाउँपालिकाकाे विकास निर्माणकाे कार्य प्रभावित हुने देखिएकाे छ ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...