Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पाेखरियाकाे नगर सभा सम्पन्न, रु ५१ करोड ९० लाखकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकाको छैठाे नगर सभा शनिबार सम्पन्न भएको छ । नगर प्रमुख प्रधुमन चाैहानकाे अध्यक्षतामा शनिबार बसेकाे छैठाे नगर सभाकाे दाेस्राे बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५१ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएकाे थियाे ।

नगरपालिकाकाे अगामी बर्षकाे नीति, कार्यक्रम तथा बजेटमा स्वस्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिइएको नगर प्रमुख चाैहानले वताए । उनले नगर कार्यपालिका सदस्यहरूका लागि रु ५० हजार सम्मको निशुल्क स्वास्थ्य उपचार, पालिका अन्तर्गतका गर्भवती महिलाको लागि एम्बुलेन्स सेवा निशुल्क, कार्यपालिका सदस्यहरूको छोरीको विवाहको लागि पालिकाबाट बिषेश सहयोग उपलब्ध गराउने घोषणा गरे ।

प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले पालिकाबाट दिने सेवाहरू जनतामुखि हुनुपर्ने बताए । उनले सेवाग्राहीलाई समयमै  गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

नगर सभामा  सेवा निवृत्त कार्यालय सहयोगी सुरेश महतोलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

नगर कार्यपालिकाकाे सभा कक्षमा भएकाे नगर सभामा उप मेयर रुबी ठाकुर, १० वटै वडाका वडाध्यक्ष, नगर सभा सदस्यहरु र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे भने सभाकाे सहजिकरण लेखापाल मनाेज तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...