Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पाेखरियाकाे नगर सभा सम्पन्न, रु ५१ करोड ९० लाखकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकाको छैठाे नगर सभा शनिबार सम्पन्न भएको छ । नगर प्रमुख प्रधुमन चाैहानकाे अध्यक्षतामा शनिबार बसेकाे छैठाे नगर सभाकाे दाेस्राे बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५१ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएकाे थियाे ।

नगरपालिकाकाे अगामी बर्षकाे नीति, कार्यक्रम तथा बजेटमा स्वस्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिइएको नगर प्रमुख चाैहानले वताए । उनले नगर कार्यपालिका सदस्यहरूका लागि रु ५० हजार सम्मको निशुल्क स्वास्थ्य उपचार, पालिका अन्तर्गतका गर्भवती महिलाको लागि एम्बुलेन्स सेवा निशुल्क, कार्यपालिका सदस्यहरूको छोरीको विवाहको लागि पालिकाबाट बिषेश सहयोग उपलब्ध गराउने घोषणा गरे ।

प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले पालिकाबाट दिने सेवाहरू जनतामुखि हुनुपर्ने बताए । उनले सेवाग्राहीलाई समयमै  गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

नगर सभामा  सेवा निवृत्त कार्यालय सहयोगी सुरेश महतोलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

नगर कार्यपालिकाकाे सभा कक्षमा भएकाे नगर सभामा उप मेयर रुबी ठाकुर, १० वटै वडाका वडाध्यक्ष, नगर सभा सदस्यहरु र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे भने सभाकाे सहजिकरण लेखापाल मनाेज तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...