Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा झडप, वडाध्यक्ष पटेल र सई निराैला घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार सांझ दुई पक्ष बिच झडप भएकाे छ । गाउँ सभाकाे बिषयलाई लिएर भएकाे झडपमा वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा नं. १ मुडलीका लालबाबु चाैरसिया र इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नायब निरिक्षक विवेक निराैला घाइते भएका छन् ।

घाइते वडाध्यक्ष पटेल र चाैरसियाकाे वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेकाे छ । वडाध्यक्ष पटेलकाे मुखमा चाेट लागेकाे छ ।

शुक्रबार राखिएकाे गाउँपालिकाकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक स्थगित भएपछि बैठकबाट निस्कने क्रममा वडाध्यक्ष पटेलमाथी आक्रमण भएकाे वताइएकाे छ । बैठकस्थल श्री नेरा आधारभुत विद्यालय हरिहपुरबाट निस्कने क्रममा आफुमाथी आक्रमण भएकाे वडाध्यक्ष पटेलले वताएका छन् ।

गाउँ सभा बैठकस्थल अगाडी जम्मा भएकाे भिड हटाउने क्रममा प्रहरी नायब निरिक्षक निराैलासहित केही प्रहरीहरु समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सभाकाे बैठक सकेपछि बैठक स्थल अगाडी भएकाे विवाद झडपमा परिणत भएकाे थियाे । केही बेर दुई पक्ष बिच त्यहाँ तनाव समेत भएकाे थियाे ।

त्यसपछि पुन: हरिहपुर, बिरन्चीबर्वा, बलुवा र भेडिहारी गाउँमा समेत झडपहरु भएकाे वताइएकाे छ । हरिपुरमा फिल्डमा भएकाे झडपकाे बिषयलाई लिएर कालिकामाई गाउँपालिका अन्तर्गतकाे विभिन्न गाउँमा दुई पक्ष बिच विवाद र झडपहरु भएकाे स्थानियहरुले वताएका छन् । 

साे क्षेत्रमा इलाका प्रहरी कार्यालय पाेखरियाले पुन: झडप हुन नदिन प्रहरीहरु खटाएकाे छ । 

गाउँ सभाकाे दाेस्राे बैठक शनिबार पुन: बस्ने गाउँपालिकाले जनाएकाे छ । प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले एक सुचना जारी गर्दै गाउँपालिका अध्यक्षकाे आदेशानुसार गाउँपालिकाकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक असार ३२ गते शनिबार दिउसाे ४ बजेदेखी श्री नेरा आधारभुत विद्यालय हरिहपुरबार पुन: बस्ने जानकारी गराएका छन् ।

जनप्रतिनिधिहरुबिच बजेट भागबन्डाकाे बिषयमा कुरा नमिल्दा गाउँ सभा हुन सकेकाे छैन ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...