Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा दाइजाेप्रथा विरुद्धकाे वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा बिहिबार दाइजाेप्रथा विरुद्धकाे वक्तृत्वकला प्रतियाेगिता एवम् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कालिकामाई युवा समाजले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियाेगितामा श्री जनता मावि मुडलीका अमित साह प्रथम, श्री सुकई साह मावि भेडिहारीका दिपेश प्रसाद कुशवाहा द्वितिय र श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कट्टी बलुवाका अंगेस कुमार चाैरसिया तृतिय भएका हुन् ।

गाउँपालिका अन्तर्गतका ४ वटा विद्यालयका छात्र/छात्राहरुले भाग लिएकाे प्रतियाेगितामा सन्तावना पुस्कार दिव्य कन्या मावि बिरन्चीबर्वाकी शिल्पा शर्मालाई प्रदान गरिएकाे थियाे ।

श्री सुकई साह मावि भेडिहारीमा भएकाे कार्यक्रमलाई सम्वाेधन गर्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजमा कुरुतीकाे रुपमा रहेकाे दाइजाेप्रथा अन्त्य गर्न जरुरी रहेकाे वताए । उनले दाइजाेप्रथा अन्त्यकाे लागि केटा वा केटी आत्म निर्भर भएपछि मात्र विहे गर्ने परिपाटी बसाउनु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष साहले अध्ययन गर्ने समयमा विद्यार्थीहरु पनि अनुशासित हुन जरुरी रहेकाे वताए । उनले भने “अध्ययन गर्ने समय मै बालबालिकाहरु गलत बाटाे लाग्ने डरले कम उमेर मै अभिभावकहरु विवाह गर्ने गरेकाे पाइन्छ, त्यस कारण पनि हाम्राे समाजबाट दाइजाेप्रथा अन्त्य हुन सकेकाे छैन् । त्यसैले विद्यार्थीहरु पनि अनुशासित हुन जरुरी छ ।”

स्थानिय गैर सकारी संस्था ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष एवम् कालिका टाईम्सका प्रबन्ध निर्देशक समेत रहेका प्रमुख अतिथी साहले गाउँपालिकाले शिक्षामा लगानी बढाउनु पर्ने समेत वताए । उनले अहिले हुन लागेकाे गाउँ सभामा गाउँपालिका अन्तर्गत विद्यालयहरुमा देखिएकाे कक्षा काेठा लगायतकाे समस्या समाधानकाे लागि र शिक्षा क्षेत्रकाे अवस्था सुधारकाे लागि गाउँपालिकाले बजेट छुट्याउनु पर्ने माग गरे ।

श्री सुकई साह माविका प्रधानाध्यापक रामविश्वास चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडाध्यक्ष साेनालाल चाैरसिया, गाउँपालिका उपाध्यक्षका प्रतिनिधि राधाकिशुन चाैरसिया, श्री सुकई साह माविकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनाेद चाैरसिया, श्री नेरा आधारभुत विद्यालय कट्टी बलुवाका प्रधानाध्यापक इन्द्रेव कुर्मी लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन आयाेजक कालिकामाई युवा समाजका आकाश चाैरसियाले गरेका थिए । 

कार्यक्रममा श्री सुकई साह माविका छात्र/छात्राहरुले दाइजाे प्रथा विरुद्धकाे चेतामूलक नाटक समेत प्रस्तुत गरेका थिए भने बाबा बि फिल्म प्राेडक्सनका कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम कालिकामाई गाउँपालिका, दिव्य युवा क्लब, ब्रिलिएन्ट युवा क्लब, कालिका एकेडमी, इम्पारशियल लिगल इन्स्च्युट सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...