Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाई गाउँपालिकाकाे आठाैं गाउँ सभा असार २४ गते हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे आठाैं गाउँ सभा असार २४ गते हुने भएकाे छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आठाैं गाउँ सभाकाे अधिवेशन असार २४ गते दिउसाे २ बजेदेखि श्री ने.रा.आ.वि. हरिहरपुर विर्तामा हुने जनाएकाे हाे ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका अध्यक्षकाे आदेशानुसार स्थानिय सरकार संचालन एेन २०७४ काे दफा (१९) बमाेजिम कालिकामाई गाउँपालिका आठाैं गाउँ सभाकाे अधिवेशनमा गाउँ सभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि अनुराेध गरिएकाे छ ।

सभामा आगामी आ.व. २०७९/०८० काे नीति तथा कार्यक्रम पस्ताव गर्ने, आगामी आ.व. २०७९/०८० काे बजेट प्रस्ताव गर्ने र गाउँपालिकाकाे आवश्यक विभिन्न एेनहरुकाे विधेक पेश गर्ने कार्यसूची पनि गाउँपालिकाले सार्वजनिक गरेकाे छ ।

गाउँपालिकाकाे आधिकारिक फेसबुकबाट सार्वजनिक गरिएकाे सूचना गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाेद्धार्थ समेत गरिएकाे छ ।

असार १० गते भित्र नै गर्नु पर्ने गाउँ सभा उपाध्यक्षसहित दुई वडाध्यक्षका कारण ढिलाई भएकाे देश कै कान्छाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे आराेप रहेकाे छ । उनले विगतका बर्ष झै यस बर्ष पनि बजेटमा भागबन्डा गर्न खाेजिएकाेले गाउँ सभा केही समय ढिलाे भएकाे वताए ।

उनले भने “अहिले सम्म गाउँपालिकामा विकासकाे नाममा केही भएकाे छैन् । गाउँपालिका अन्तर्गका अधिकांश विद्यालय र स्वास्थ्य संस्थाकाे अवस्था दैनिय छ । त्यही भएर म एक बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाकाे आधार स्तम्भ खडा गर्न खाेज्दै छु । तर उपाध्यक्ष र केही वडाध्यक्ष ज्यूहरु बजेटमा भागबन्डा गर्ने खाेजेका कारण ढिलाई भएकाे हाे ।”

अध्यक्ष गुप्ताले आफुलाई एक रुपैयाकाे बजेट नचाहिएकाे दाबी गर्दै आवश्यकता र जनचाहना अनुसार बजेट विनियाेजन गर्ने दाबी गरे । उनले आफुले प्रत्यक बिद्यालय सिसि टिभि जडान, आवश्य बेन्च, डेस्क लगायतका आधारभुत आवश्यकता पुर्ति गरेर सामुदायिक विद्यालयहरुकाे अवस्थालाई सुधार गर्न खाेजेकाे वताए ।  

गाउँ सभाकाे पक्रिय समेत अगाडी बढि सकेकाे उनले वताए । गाउँ सभाकाे पक्रिया अन्तर्गत नै शुक्रबार राजश्व परामर्श समितिकाे बैठक समेत बसेकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...