Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

उपभाेक्तालाई ठगि गर्ने कलैयाका ९ पसललाई कारवाही

spot_img
spot_img
वीरगंज । उपभाेक्तालाई ठगि गरेकाे आराेपमा कलैयाका ९ पसललाई बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साले कारवाही गरेकाे छ ।
 
बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निरीक्षण अधिकृत नमोनाथ प्रसाद यादवको नेतृत्वकाे जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, गुणस्तर तथा नापतौल कार्यालय पर्सा, घरेलु तथा सना उधोग कार्यालय बारा, उधोग बाणिज्य संघ बाराकाे प्रतिनिधिसहितकाे टोलीले कलैया बजार अनुगमन गर्ने क्रम ९ फर्मलाई कारवाही गरेकाे हाे ।
 
अनुगमन टाेलीलाई खरिद बिल नदेखाउने कलैयाका पोशाक इम्पोरियम र खुश्बु साडी सेंटरलाई रु २०/२० हजार जरिवाना गरिएकाे बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सूचना अधिकारी दिलिप खंग खत्वेले जनकारि दिए ।
 
त्यसैगरी अनुगमन कार्यमा असहयाेग गर्ने कलैया कै न्यु नबिन बस्त्रलयलाई रु १० हजार, खरिद बिल नदेखाएकाे जवाहर लाल हार्डवेयर, गौरि शन्कर सप्लायर्स, चौधरी किराना पसललाई रु ५/५ हजार जरिवाना गरिएकाे उनले वताए ।
 
त्यसैगरी खरिद बिल नदेखाउने प्रियका रेडिमेड जेनरल स्टोरलाई रु १० हजार, अनुगमन कार्यमा असहयाेग गर्ने जय बाबा अमरनाथ किराना भँडारलाई रु ३ हजार र  श्रि क्यान बस्त्रालयलाई अनुगमन टाेली जरिवाना गरेकाे हाे ।
 
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोहि ऐनकाे दफा ३९ बमोजिम देहायका फर्मलाई तत्काल जरिवाना गरीएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सूचना अधिकारी खंग खत्वेले जनकारि दिए ।
 
अनुगमन टाेलीले उत्त जरिवाना रकम ७ दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन समेत दिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...