Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

उपभाेक्तालाई ठगि गर्ने कलैयाका ९ पसललाई कारवाही

spot_img
spot_img
वीरगंज । उपभाेक्तालाई ठगि गरेकाे आराेपमा कलैयाका ९ पसललाई बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साले कारवाही गरेकाे छ ।
 
बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निरीक्षण अधिकृत नमोनाथ प्रसाद यादवको नेतृत्वकाे जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, गुणस्तर तथा नापतौल कार्यालय पर्सा, घरेलु तथा सना उधोग कार्यालय बारा, उधोग बाणिज्य संघ बाराकाे प्रतिनिधिसहितकाे टोलीले कलैया बजार अनुगमन गर्ने क्रम ९ फर्मलाई कारवाही गरेकाे हाे ।
 
अनुगमन टाेलीलाई खरिद बिल नदेखाउने कलैयाका पोशाक इम्पोरियम र खुश्बु साडी सेंटरलाई रु २०/२० हजार जरिवाना गरिएकाे बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सूचना अधिकारी दिलिप खंग खत्वेले जनकारि दिए ।
 
त्यसैगरी अनुगमन कार्यमा असहयाेग गर्ने कलैया कै न्यु नबिन बस्त्रलयलाई रु १० हजार, खरिद बिल नदेखाएकाे जवाहर लाल हार्डवेयर, गौरि शन्कर सप्लायर्स, चौधरी किराना पसललाई रु ५/५ हजार जरिवाना गरिएकाे उनले वताए ।
 
त्यसैगरी खरिद बिल नदेखाउने प्रियका रेडिमेड जेनरल स्टोरलाई रु १० हजार, अनुगमन कार्यमा असहयाेग गर्ने जय बाबा अमरनाथ किराना भँडारलाई रु ३ हजार र  श्रि क्यान बस्त्रालयलाई अनुगमन टाेली जरिवाना गरेकाे हाे ।
 
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोहि ऐनकाे दफा ३९ बमोजिम देहायका फर्मलाई तत्काल जरिवाना गरीएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सूचना अधिकारी खंग खत्वेले जनकारि दिए ।
 
अनुगमन टाेलीले उत्त जरिवाना रकम ७ दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन समेत दिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...