Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजबादी प्रेस संगठन मधेस प्रदेशको अधिवेशन श्रावणमा हुने

spot_img
spot_img

वीरगंज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश समितिको बिस्तारित बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षतामा बसेकाे बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा प्रदेश अन्तर्गतकाे आठ वटै जिल्लाकाे अधिवेशन समेत गर्ने निर्णय गरेको छ । बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको संगठनका संयोजक पसावानले बताए ।

बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा नागरपालिकाकाे वडा नं. -१ का वडाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ ।

नेकपा (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य रामचन्द्र साहको बिशेष उपस्थितमा बसेकाे बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा, संगठनका उपाध्यक्ष सितल साह, महासचिव भुपराज खडका, नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका, संगठनका प्रदेश इन्चार्ज सुबास साह, सह – इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गरेकाे भएको थियो भने बैठकाे सहजिकरण केन्द्रिय सदस्य रमेश सुबेदीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...