Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजबादी प्रेस संगठन मधेस प्रदेशको अधिवेशन श्रावणमा हुने

spot_img
spot_img

वीरगंज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश समितिको बिस्तारित बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षतामा बसेकाे बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा प्रदेश अन्तर्गतकाे आठ वटै जिल्लाकाे अधिवेशन समेत गर्ने निर्णय गरेको छ । बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको संगठनका संयोजक पसावानले बताए ।

बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा नागरपालिकाकाे वडा नं. -१ का वडाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ ।

नेकपा (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य रामचन्द्र साहको बिशेष उपस्थितमा बसेकाे बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा, संगठनका उपाध्यक्ष सितल साह, महासचिव भुपराज खडका, नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका, संगठनका प्रदेश इन्चार्ज सुबास साह, सह – इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गरेकाे भएको थियो भने बैठकाे सहजिकरण केन्द्रिय सदस्य रमेश सुबेदीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...