Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

प्रेम सम्बन्धमा बाधा आएपछि बिषादी सेवन गर्ने बालिकाकाे मृत्यु, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित ढोङ्गी खोलाको मसानघाटबाट जल्दै गरेकाे एक बालिकाकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे छ । विषादी सेवनका कारण वालिकाको मृत्यु भएको घटनाको सूचना प्रहरीलाई नदिई बुधबार राति १० बजे गोप्य रुपमा अन्त्यष्टी गर्न लागिएकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको संयुक्त प्रहरी टोलीले ढोङ्गी खोलाको मसानघाटमा पुग्दा जल्दै गरेको शव बेवारिसे छोडी मलामी गएका व्यक्तिहरु भागी फरार भएको तथा प्रहरी टोलीले जल्दै गरेको शव नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले वताए । मसानघाटस्थित ढोङ्गी खोला पुलमा रोकी राखेको अवस्थामा शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का मो.सा. थान-२ समेत बरामद गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

घटना सम्बन्धमा छानविन गर्न एक १८ बर्षिय बालिकासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । मृतककी परिवारकी एक बालिकासहित बहुदरमाई नगरपालिका ७ निवासी ४० बर्षिय आशा देवी र साेही ठाउँ निवासी ५० बर्षिय उर्मिला देवीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मृतक वालिका प्रेम सम्बन्ध रहेकोमा असन्तुष्ट भएका परिवारका सदस्यहरुले मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाई लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेका थिए ।

साथै मृतक बालिकालाई घरबाट बाहिर आउन-जानमा कडाई गरेकोमा मृतकले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

मृतकका परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई दुईटा मोटरसाइकलमा लोड गरी उक्त शवलाई ढोङ्गी खोलाको किनारमा रहेको मसानघाटमा लगी जलाएको खुल्न आएको हुँदा निजहरू विरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले वताए ।

साथै उक्त घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारुक्ताका साथ खोजतलास भइरहेको समेत उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...