Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रेम सम्बन्धमा बाधा आएपछि बिषादी सेवन गर्ने बालिकाकाे मृत्यु, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित ढोङ्गी खोलाको मसानघाटबाट जल्दै गरेकाे एक बालिकाकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे छ । विषादी सेवनका कारण वालिकाको मृत्यु भएको घटनाको सूचना प्रहरीलाई नदिई बुधबार राति १० बजे गोप्य रुपमा अन्त्यष्टी गर्न लागिएकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको संयुक्त प्रहरी टोलीले ढोङ्गी खोलाको मसानघाटमा पुग्दा जल्दै गरेको शव बेवारिसे छोडी मलामी गएका व्यक्तिहरु भागी फरार भएको तथा प्रहरी टोलीले जल्दै गरेको शव नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले वताए । मसानघाटस्थित ढोङ्गी खोला पुलमा रोकी राखेको अवस्थामा शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का मो.सा. थान-२ समेत बरामद गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

घटना सम्बन्धमा छानविन गर्न एक १८ बर्षिय बालिकासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । मृतककी परिवारकी एक बालिकासहित बहुदरमाई नगरपालिका ७ निवासी ४० बर्षिय आशा देवी र साेही ठाउँ निवासी ५० बर्षिय उर्मिला देवीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मृतक वालिका प्रेम सम्बन्ध रहेकोमा असन्तुष्ट भएका परिवारका सदस्यहरुले मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाई लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेका थिए ।

साथै मृतक बालिकालाई घरबाट बाहिर आउन-जानमा कडाई गरेकोमा मृतकले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

मृतकका परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई दुईटा मोटरसाइकलमा लोड गरी उक्त शवलाई ढोङ्गी खोलाको किनारमा रहेको मसानघाटमा लगी जलाएको खुल्न आएको हुँदा निजहरू विरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले वताए ।

साथै उक्त घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारुक्ताका साथ खोजतलास भइरहेको समेत उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...