Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगञ्जका निजी विद्यालयको मनोमानीको विरोधमा अभिभावक

spot_img
spot_img

वीरगंज । निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको बिरोधमा वीरगञ्जका अभिभावकहरु संघर्षमा उत्रिएका छन् ।

वर्षै पिच्छे किताब परिवर्तन गरेर अभिभावकलाई आर्थीक भार थोपर्नुका साथै किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यहाका अभिभावकहरु एक जुट भएका हुन् ।

अहिले निजी विद्यालयले विभिन्न शीर्षकमा उठाउँदै आएको शुल्क ५० प्रतिशतले बृद्धि गरेको पनि अभिभावकको आरोप छ । निजी विद्यालयहरुले प्रत्येक बर्ष यस बर्ष पनि बार्षिक शुल्क, मासिक शुल्क, बस शुल्कमा बृद्धि गरेकाे अभिभावकहरुले वताएका छन् । 

उनीहरुले स्कुल ड्रेसमा भइरहेको कमिसनखोरी बन्द गर, प्रत्येक वर्ष किताब परिवर्तन गर्न पाइँदैन, मनोमानी फि लिन पाइँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए ।

अभिभावकहरु स्वस्फूर्त रुपमा वीरगंजकाे बसपार्कस्थित अनमाेल पार्टी प्यालेसमा भेला भएर निजी विद्यालयको मनोमानीकाे विराेध गरेका हुन् । भेला भएका अभिभावकहरुले निजी विद्यालयकाे मनाेमानीकाे विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई समेत जानकारी गराउने बताएका छन् ।

निजी विद्यालयको शुल्क पनि महानगरपालिकाकाले नै तोक्ने व्यवस्था मिलाउन सिंहसँग अनुरोध गर्ने अभिभावकबीच सल्लाह भएको संघर्ष समितिका संयोजक सन्दिप कुमार साहले बताए । विद्यालय शिक्षाकाे मन्दिर हाे, शिक्षालाई व्यापारिकरण गर्न पाइदैन भन्ने नाराका साथ अभिभावकहरु निजी विद्यालयकाे मनाेमानीकाे बिराेधमा एक भएकाे उनले वताए ।

अभिभावकहरुले वीरगञ्जमा संघर्ष समिति नै बनाएर निजी विद्यालयको मनोमानीको विरोधमा संघर्ष थाल्ने तयारी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...