Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

वीरगञ्जका निजी विद्यालयको मनोमानीको विरोधमा अभिभावक

spot_img
spot_img

वीरगंज । निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको बिरोधमा वीरगञ्जका अभिभावकहरु संघर्षमा उत्रिएका छन् ।

वर्षै पिच्छे किताब परिवर्तन गरेर अभिभावकलाई आर्थीक भार थोपर्नुका साथै किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यहाका अभिभावकहरु एक जुट भएका हुन् ।

अहिले निजी विद्यालयले विभिन्न शीर्षकमा उठाउँदै आएको शुल्क ५० प्रतिशतले बृद्धि गरेको पनि अभिभावकको आरोप छ । निजी विद्यालयहरुले प्रत्येक बर्ष यस बर्ष पनि बार्षिक शुल्क, मासिक शुल्क, बस शुल्कमा बृद्धि गरेकाे अभिभावकहरुले वताएका छन् । 

उनीहरुले स्कुल ड्रेसमा भइरहेको कमिसनखोरी बन्द गर, प्रत्येक वर्ष किताब परिवर्तन गर्न पाइँदैन, मनोमानी फि लिन पाइँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए ।

अभिभावकहरु स्वस्फूर्त रुपमा वीरगंजकाे बसपार्कस्थित अनमाेल पार्टी प्यालेसमा भेला भएर निजी विद्यालयको मनोमानीकाे विराेध गरेका हुन् । भेला भएका अभिभावकहरुले निजी विद्यालयकाे मनाेमानीकाे विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई समेत जानकारी गराउने बताएका छन् ।

निजी विद्यालयको शुल्क पनि महानगरपालिकाकाले नै तोक्ने व्यवस्था मिलाउन सिंहसँग अनुरोध गर्ने अभिभावकबीच सल्लाह भएको संघर्ष समितिका संयोजक सन्दिप कुमार साहले बताए । विद्यालय शिक्षाकाे मन्दिर हाे, शिक्षालाई व्यापारिकरण गर्न पाइदैन भन्ने नाराका साथ अभिभावकहरु निजी विद्यालयकाे मनाेमानीकाे बिराेधमा एक भएकाे उनले वताए ।

अभिभावकहरुले वीरगञ्जमा संघर्ष समिति नै बनाएर निजी विद्यालयको मनोमानीको विरोधमा संघर्ष थाल्ने तयारी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...