Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीकाे साताैं नगर सभामा विराेध

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिकाको सातौ नगर सभा शुक्रबार विराेधका बिच सम्पन्न भएकाे छ । ९ वटा वडा रहेकाे नगरपालिकामा ६ वडाध्यक्षहरुकाे विराेधका बाहजुद पनि नगर सभा सम्पन्न भएकाे हाे ।

नगर सभा सुरु भए लगतै वडाध्यक्षहरु सुकमान तामाङ्ग, शेख खुर्सेद, नवल किशोर प्रसाद कलवार, सुन्दरी देबी थरुनी, शंकर राय भर, रामबढाई प्रसाद यादव, कार्यपालिका सदस्य असलम आलम लगायतका नगर सभा सदस्यहरुले बिरोध प्रदर्शन गरेका थिए ।

नगर प्रमुख गोकर्ण पाठकले एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको, बिषयगत समिति आफ्नो राजिखुसी बाँडफाँड गरेको, एउटै सदस्यलाई दुई दुई ओटा पद दिएको, म्यानिटिङकाे उपस्थितको ठाउँमा निर्णय समेत लेखी सहि गराउने कार्य भएकोले आफुहरुले विराेध गरेकाे वडाध्यक्ष शंकर राय भरले बताए ।

नगर सभामा आसन ग्रहण सुरु भएलगतै आफुहरु विराेध गर्न थालेपछि मेयर गाेकर्णका भाई बिनोद पाठक भनिने देव पाठकले धाधली समेत गरेकाे उनले आराेप लगाए ।

बिरोध प्रदर्शन मै नगर उप प्रमुख पुजा चौधरीले आर्थिक वर्ष २०७९/०८० काे नीती, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

अगामी आर्थिक बर्षकाे नीती, कार्यक्रम तथा बजेटमा कृषि तथा पशुपन्छी बिकास पर्यटन प्रबर्द्धन, कला साहित्य र कृति प्रवर्द्धन, उद्योग घरेलु उद्योग, सहकारी, स्वास्थ्य सरसफाई पोषण तथा खाद्य सुरक्षा, शिक्षा, महिला बालबालिका आदिवासी जनजाति पिछडाकाे समुदायलाई प्राथमिकता दिएकाे उप प्रमुख चौधरीले वताइन ।

 गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, नगर सभा सदस्य, नगरपालिकाको कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...