Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

श्री जनता मावि मुडलीलाई प्लस २ बनाउन माग गर्दै ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे श्री सुकई साह माविकाे शैक्षिक अवस्था सुधारी गर्न र जनता मा.बि. मुड्लीमा प्लस २ संचालन गर्न माग गर्दै स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लब भेडिहारीले शुक्रबार गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएकाे छ ।

कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मा रहेकाे श्री जनता माविमा कक्षा ११ र १२ संचालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाईएकाे क्लबका अध्यक्ष छठु साहले वताए । स्थानिय स्तर मै प्लस २ संचालन नहुँदा गरीब, दलित तथा असहाय छात्र/छात्राहरु शिक्षाबाट बंचित भएकाे अध्यक्ष साहले वताए ।

यस बर्ष हुने गाउँ सभाबाट श्री जनता मावि मुडलीमा कक्षा ११ र १२ संचालनकाे निर्णय गरी आउदाे नयाँ सेसनबाट संचालन गर्न आग्रह ज्ञापन मार्फत क्लबले आग्रह गरेकाे छ ।

यसका साथै श्री सुकई साह माध्यमिक बिधालय भेडिहारीकाे शैक्षिक स्तर खस्किदै गएकाेले त्यसलाई सुधार गरी गुणस्तरिय शिक्षा प्रदान गर्न पनि क्लबले माग गरेकाे ज्ञापन पत्र बुझाउन पुगेकाे समुहमा सहभागि अकाश चाैरसियाले वताए । बिधार्थीहरुको भविष्यलाई मध्यनजर गरी सुधार गर्न निरन्तर विद्यालयहरुकाे अनुगमन गर्नु पर्ने हामीले ज्ञापन पत्र मार्फत सुझाव समेत दिएकाे उनले जानकारी दिए ।

यस अघि ब्रिलिएन्ट युवा क्लबले श्री सुकई साह माविलाई प्लस २ बनाउन माग गर्दै विभिन्न किसिमकाे दबावमूलक आन्दाेलन नै गरेकाे थिए । त्यससपछि अहिले त्याँ प्लस २ संचालन भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...