Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

विद्युत ट्रिपिङ्गकाे सम्बन्धमा वीउवासंघद्वारा मन्त्री र निर्देशककाे ध्यानाकर्षण

spot_img
spot_img
वीरगंज । विगत लामो समयदेखि विभुत ट्रिपिङ र अघाेषित लोडसेडिङको कारण मारमा परेका उद्योगी व्यवसायीहरुको टोलीले बिहीबार उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग भेटघाट गरेका छन् ।
 
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता नेतृत्वकको टोलीले बारा–पर्सा औद्यागिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरुले करिब डेढ महिनादेखि विधुत कटौतीको कारण उत्पादनमा समस्या परेको भन्दै मन्त्री भूषाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएकाे हाे ।
 
वीउवासंघको टोलीले उर्जा मन्त्री भुषाललाई उँहाकै कार्यकक्षमा भेटेर सहज रुपमा विधुत आपूर्ति नहुँदा उपादनमा कटौती हुनुको साथै कच्चा पदार्थहरु नोक्सान भईरहेको भन्दै उद्योगी व्यवसायीहरु मर्कामा परेको गनासो गरेका छन् । संघका अध्यक्ष गुप्ताले उत्पादन भएर खेरो गएको विधुत निर्यात भएको कुरा सराहनिय भएपनि आफ्नै मुलुकका उपभोक्ताहरु मारमा परेको भन्दै समस्याका समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
 
उनले अघोषीत लोडसेडिङ उद्योगीहरु आजित भएको हुँदा लोडसेडिङ गर्नु पर्ने अवस्थामा पूर्वः सूचना दिनु पर्ने बताए । उनले सरकारले विधुत खपत बढाउन र एलपी ग्यासको विल्कपमा विधुतीय चूलोको उपयोगलाई प्राथामकता दिएको छ । तर बारम्बार विधुत कटौती र लो भोल्टजका कारण विधुतीय उपकरणको प्रयोग प्रति उपभोक्ता आकर्षित हुन नसकेको पनि जिकीर गरे ।
 
यस विषयमा ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भिर रहेकाे बताइन् । उनले औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गरेर नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको समेत जानकारी दिइन् ।
 
यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बजेट अभावको कारण प्राधिकरणका परियोजनाहरुले तीव्रता लिन नसकेको बताए । बारा–पर्सा क्षेत्रमै प्राधिकरणबाट ५० अर्बको लागतमा विद्युत सम्बन्धी परियोजनाको काम शुरु हुने पनि उनले जानकारी गराए ।
 
ध्यानाकर्षण गराउन पुगेकाे टाेलीमा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...