Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

विद्युत ट्रिपिङ्गकाे सम्बन्धमा वीउवासंघद्वारा मन्त्री र निर्देशककाे ध्यानाकर्षण

spot_img
spot_img
वीरगंज । विगत लामो समयदेखि विभुत ट्रिपिङ र अघाेषित लोडसेडिङको कारण मारमा परेका उद्योगी व्यवसायीहरुको टोलीले बिहीबार उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग भेटघाट गरेका छन् ।
 
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता नेतृत्वकको टोलीले बारा–पर्सा औद्यागिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरुले करिब डेढ महिनादेखि विधुत कटौतीको कारण उत्पादनमा समस्या परेको भन्दै मन्त्री भूषाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएकाे हाे ।
 
वीउवासंघको टोलीले उर्जा मन्त्री भुषाललाई उँहाकै कार्यकक्षमा भेटेर सहज रुपमा विधुत आपूर्ति नहुँदा उपादनमा कटौती हुनुको साथै कच्चा पदार्थहरु नोक्सान भईरहेको भन्दै उद्योगी व्यवसायीहरु मर्कामा परेको गनासो गरेका छन् । संघका अध्यक्ष गुप्ताले उत्पादन भएर खेरो गएको विधुत निर्यात भएको कुरा सराहनिय भएपनि आफ्नै मुलुकका उपभोक्ताहरु मारमा परेको भन्दै समस्याका समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
 
उनले अघोषीत लोडसेडिङ उद्योगीहरु आजित भएको हुँदा लोडसेडिङ गर्नु पर्ने अवस्थामा पूर्वः सूचना दिनु पर्ने बताए । उनले सरकारले विधुत खपत बढाउन र एलपी ग्यासको विल्कपमा विधुतीय चूलोको उपयोगलाई प्राथामकता दिएको छ । तर बारम्बार विधुत कटौती र लो भोल्टजका कारण विधुतीय उपकरणको प्रयोग प्रति उपभोक्ता आकर्षित हुन नसकेको पनि जिकीर गरे ।
 
यस विषयमा ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भिर रहेकाे बताइन् । उनले औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गरेर नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको समेत जानकारी दिइन् ।
 
यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बजेट अभावको कारण प्राधिकरणका परियोजनाहरुले तीव्रता लिन नसकेको बताए । बारा–पर्सा क्षेत्रमै प्राधिकरणबाट ५० अर्बको लागतमा विद्युत सम्बन्धी परियोजनाको काम शुरु हुने पनि उनले जानकारी गराए ।
 
ध्यानाकर्षण गराउन पुगेकाे टाेलीमा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...