Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

नाबालिकालाई अपहरण गरी जवर्जस्ती करणी गर्ने पक्राउ

spot_img
spot_img

वीरगंज । नाबालिकालाई अपहरण गरी जवर्जस्ती करणी गर्ने फरार एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ७ बरेवा टोल बस्ने १९ बर्षिय ईर्साद अंसारीलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

१६ बर्षिय बालिकालाई कलैया उपमहानगरपालिकाकाे वडा नं.१ बाट विभिन्न प्रकारका डर त्रास देखाई २०७७ फागुन ०५ गते बेलुका ५ बजेको अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा लगी बन्धक बनाई जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसार पसार समेतको कसूर गरेको फरार प्रतिवादी अन्सारीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

अपहरण शरीर बन्धक, जवर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसार पसार मुद्दामा वारदात पश्चात फरार प्रतिवादी अंसारीलाई असार ३ गते पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे कलैया उ.म.न.पा. वडा नं. ५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ परेका अन्सारीलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा असार ७ गते मंगलबारकाे आदेशनुसार निज प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको प्रहरीले जनाएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...