Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा गर्भावतीकाे लागि नि:शुल्क एम्बुलेन्स सेवा

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ । गाउँपालिकाले साेमबार एक सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुकाे लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएकाे हाे ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा गाउँ कार्यपालिकाकाे पहिलाे बैठककाे निर्णय अनुसार कालिकामाई गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुका स्वास्थ्य जाँच गर्न गाउँपालिकाकाे स्वास्थ्य चाैकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नकाे लागि पठाउँदा गाउँपालिकाद्वारा संचालित एम्बुलेन्सबाट नि:शुल्क सेवा उपलब्ध गाराइने जनाइएकाे छ ।

साे सूचनामा एम्बुलेन्स चालकहरु राजेश महताे काेइरी – ९८०७११९३५२, गाेरख महताे काेइरी – ९८०७१८७८६२ र अरविन्द पटेल – ९८०७२७३१४८ नम्बहरु पनि सार्वजनिक गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...