Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पत्रकारद्वय नेपाल र मिश्रलाई एकैदिन मातृ शाेक

spot_img
spot_img

वीरगंज ।  पर्साका दुई जना पत्रकारलाई एकैदिन मातृ शोक परेको छ । पत्रकारद्वय शत्रुधन नेपाल र संताेष मिश्रलाई एकै दिन मातृ शाेक परेकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवम् प्रतिक दैनिकका सम्पादक शत्रुधन नेपालकी आमा ९२ बर्षिय पदमा नेपालको निधन भएकाे छ ।

नेपालकी आमा विगत चार/पाँच दिनदेखि बिरामी थिइन् । उनको छपकैयास्थित निजी निवासमा बुधबार साँझ निधन भएको हो । उनका दुईजना छोरा र चार छोरी छन् ।

उनकाे बुधबार राति नै वीरगंजकाे अशाेकबाटिकास्थित आर्यघाटमा अन्त्येष्टि समेत गरिएकाे थियाे ।

यसैगरी चन्द्रसूर्यवाणी दैनिक र क्राइम चेक सप्ताहिक पत्रिकाका सम्पादक  सन्तोष मिश्राकाे आमाको बुधबार नै निधन भएकाे छ ।

नेपाल पत्रकार महासंघ, एसाेसिएट प्रदेश समिति सदस्य समेत रहेका सम्पादक मिश्रकी आमाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको परिवारिक स्राेतले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...