Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकारद्वय नेपाल र मिश्रलाई एकैदिन मातृ शाेक

spot_img
spot_img

वीरगंज ।  पर्साका दुई जना पत्रकारलाई एकैदिन मातृ शोक परेको छ । पत्रकारद्वय शत्रुधन नेपाल र संताेष मिश्रलाई एकै दिन मातृ शाेक परेकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवम् प्रतिक दैनिकका सम्पादक शत्रुधन नेपालकी आमा ९२ बर्षिय पदमा नेपालको निधन भएकाे छ ।

नेपालकी आमा विगत चार/पाँच दिनदेखि बिरामी थिइन् । उनको छपकैयास्थित निजी निवासमा बुधबार साँझ निधन भएको हो । उनका दुईजना छोरा र चार छोरी छन् ।

उनकाे बुधबार राति नै वीरगंजकाे अशाेकबाटिकास्थित आर्यघाटमा अन्त्येष्टि समेत गरिएकाे थियाे ।

यसैगरी चन्द्रसूर्यवाणी दैनिक र क्राइम चेक सप्ताहिक पत्रिकाका सम्पादक  सन्तोष मिश्राकाे आमाको बुधबार नै निधन भएकाे छ ।

नेपाल पत्रकार महासंघ, एसाेसिएट प्रदेश समिति सदस्य समेत रहेका सम्पादक मिश्रकी आमाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको परिवारिक स्राेतले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...