Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

फिल्म ‘कृत काव्या’मा उमासँग रोमान्स गर्दै आकाश

spot_img
spot_img

काठमाडौं । दुई पुस्ताको प्रेमकथालाई आधार बनाएर फिल्म ‘कृत काव्या’ निर्माण हुने भएको छ । आकाश अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन असोजदेखि भारतको सिक्किममा हुने भएको छ ।

फिल्ममा दुई पुस्ताको प्रेमलाई चित्रण गरिने निर्देशक अधिकारीले जानकारी दिए । पहिलो पुस्ताको जोडीको भूमिकामा अभिनय गर्ने कलाकार चाँडै फाइनल गरिने उनले बताए ।

दोस्रो पुस्ताको प्रेमजोडीको रुपमा स्वयं आकाश र उमा गिरीले अभिनय गर्नेछन् । ८० प्रतिशत छायांकन सिक्किम र बाँकी नेपालमा गरिने भएको छ । फिल्म छायांकनबापत सिक्किम सरकारबाट पाउने सुविधा समेत फिल्मले पाउने जनाइएको छ ।

‘वास्तवमा यो फिल्म लकडाउनको बेलाको उपलब्धि हो,’ अधिकारीले भने, ‘त्यो फुर्सदको समयमा फिल्म लेखेको थिएँ ।’ निर्देशक अधिकारीले कृत काव्यालाई चोखो प्रेमको खोजी भएको बताए ।

फिल्मलाई आकाशको प्रोडक्सन ब्यानर स्काई मुभिज र गिरीको निर्माण कम्पनी उमा फिल्म्सले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् । आकाश र उमाले यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ बोलको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...