Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पर्सामा अख्तियारकाे प्रबेश, पहिलाे निशाना कालिकामाई

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा अख्तियरार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाकाे टाेली पुगेकाे छ । गाउँपालिकाकाे विभिन्न याेजनामाथी परेकाे उजरीकाे सम्बन्धनमा छानविन गर्न प्रहरी निरिक्षककाे नेतृत्वमा प्राविधिकसहितकाे टाेली पुगेकाे आयाेग हेटाैंडाका सूचना अधिकारी विष्णु प्रसाद सापकाेटाले जानकारी दिए ।

कालिकामाईमा पुगेकाे अख्तियारकाे टाेलीले गत आर्थिक बर्षमा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे पालामा वडा नं. ३ हरिहपुरमा निर्माण भएकाे पुल र सडक ढलानकाे स्थलगत निरिक्षण गरेकाे छ । स्थलगत निरिक्षणकाे क्रममा अख्तियारकाे प्राविधिकले मापदण्ड अनुसार सडक र पुल निर्माण भए, नभएकाे बारेमा चेकजाँच समेत गरेका थिए ।

साे पुल ४० लाखकाे लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएकाे थियाे । पुल मापदण्ड र स्टिमेट अनुसार निर्माण नभएकाे उजरी परेपछि अख्तियारकाे टाेली याेजना निर्माण स्थल मै पुगेर छानविन गरेकाे हाे ।

यसअघि पनि कालिकामाई गाउँपालिकामा अख्तियारले छापा हानी छानविन गरेकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कै पालामा विपद व्यवस्थापनकाे रकम लगायतकाे याेजनामा भएकाे हिनामिनाकाे सम्बन्धमा अख्तियार गाउँ कार्यपालिका कार्यालयमा पुगी दुई दिन सम्म छानविन गरेकाे थियाे । 

यसैगरी पर्साकाे अन्य पालिकाकाे याेजनामाथि परेकाे उजरीकाे सम्बन्धमा पनि अख्तियारकाे टाेलीले स्थलगत छानविन गर्ने बुझिएकाे छ ।       

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...