Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी गाउँ कार्यापालिकाकाे पहिलाे बैठक लाईभ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँ कार्यपालिकाकाे पहिलो बैठक फेसबुक लाइभ भएकाे छ । गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीकाे अध्यक्षतामा मंगलबार बसेकाे कार्यपालिका बैठककाे लाइभ गाउँपालिकाकाे फेसबुक आइडीबाट गरिएकाे थियाे ।

पर्सा जिल्लामा पहिलाे पालिकाकाे कार्यपालिकाकाे बैठक लाईभ भएकाे हाे । बैठकले गाउँपालिकालाई थप गतिको साथ अघि बढाउनको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको जनाइएकाे छ ।

साथै बैठकले गाउँपालिका भित्र रहेको सम्पूर्ण पोखरी अनुगमन गरी ठेक्का सम्झौता गर्नका लागि उपाध्यक्ष ज्योति चौरसियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

 यसैगरी बैठकले राजश्व बाडफाँडका र वित्तीय सीमा निर्धारणका लागि गाउँपालिका अध्यक्ष तिवारीको संयोजकत्वमा उपसमिति गठन गरिएकाे छ । बैठकमा आगामी गाउँ सभा र त्यसको आवश्यक तयारीको लागि गठन गर्नुपर्ने उप समितीहरु र अन्य आन्तरिक तयारीको बारेमा समेत छलफल भएको थियाे ।

बैठकमा प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडाध्यक्षहरु अच्छेलाल महतो, मुक्ति प्रसाद कुर्मी, जय प्रकाश चौरसिया, अनुज चौरसिया, मोहन राहत अहिर, कार्यपालिका सदस्यहरु धन मती देवी, रीमा देवी, मुनि देवी, शम्भु प्रसाद चौरसिया, अशोक गुप्ता, लेखा अधिकृत मिथलेश कुशवाहा लगायत विभिन्न बिभागका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...