Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अहिले पनि हामीले बिहे गरेको जस्तो लाग्दैन : रणवीर

spot_img
spot_img

रणवीर कपुर र आलिया भट्ट बलिउडको सबैभन्दा हट जोडी मध्ये एक हुन् । हालै रणवीरले नयाँ अन्तर्वार्तामा पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा कुरा गरेका छन् । उनले विवाहपछि आफू र आलियाले व्यावसायिक र व्यक्तिगत जीवन कसरी म्यानेज गरिरहेका छन् भन्ने बताए ।

उनले भने, “विवाहपछि हाम्रो जीवनमा कुनै ठूलो परिवर्तन आएको छैन । हामी ५ वर्ष सँगै थियौँ, त्यसैले बिहे गरौँ भन्ने सोचेका थियौँ । तर हाम्रो काममा केही कमिटमेन्टहरू छन्, पहिले पूरा गरौँ भन्ने थियो ।”

रणवीरले थपे, “विवाहको भोलिपल्टै हामीले आफ्नो काम सुरु गरेका थियौँ । आलिया उनको सुटिङको लागि गइन् भने म पनि आफ्नो फिल्मको सुटिङ गर्न मनाली गएँ । उनी लन्डनबाट फर्किएपछि र मेरो फिल्म शमशेरा रिलिज भएपछि एक साताको बिदा लिने योजनामा ​​छौँ । अहिले त हामी बिहे गरेको जस्तो लाग्दैन ।”

रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाई र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...