Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पर्सामा सालाेकाे हत्या आराेपमा भिनाजुसहित ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं.२ सिसियाडी बैरिया टोलका ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न ५ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ । प्रहरीले अनैतिक क्रियाकलापमा सलंग्न भएको बिषयलाई लिएर राजेशकाे घाँटी कसी मारेकाे आराेपमा निजको भिनाजु हिरामन महरासहित ५ जना परिवारका सदस्यलाई पक्राउ गरेकाे हाे ।

जगरनाथपुर गा.पा.वडा नं.६ निवासी ४५ बर्षिय हिरामनसहित साेही ठाउँ निवासी ३६ बर्षिय रामबालक महरा, ४० बर्षिय बसन्ती देवी, ३५ बर्षिय सुनिता देवी, २२ बर्षिय रिंकु देवीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

राजेशकाे मृत शरीर शनिबार ११:१५ बजे जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको र घाँटीमा गम्छा कसिएको अवस्थामा फेला परेको थियाे ।

घटना सम्बन्धमा मृतकका भिनाजुसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निज राजेश राम मिति २०७९।०२।२४ गते आफ्नै दिदीको घरमा आई बसेकोमा जेठ २८ गते शनिबार ००;३० बजे निजको भिनाजु हिरामन महरा र निजको भाई समेत ५ जना परिवारका सदस्य मिली अनैतिक क्रियाकलापमा सलंग्न भएको बिषय लिएर घाँटी कसी मारी उक्त खोल्सामा लाश लगी फालेको खुल्न आएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पांचै जना विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...