Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३, हरिहरपुर बिर्तामा एकै दिन गंगाेल नदीमा स्केब कल्भर्ट र स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएकाे छ । हरिहरपुरमा निर्माण हुने कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे साेमबार गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले शिलान्यास गरेका हुन् । 

गंगोल नदिमा प्रदेश सरकारबाट ५० लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत स्केब कल्भर्ट निर्माण हुने गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

यसैगरी ८३ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत नै कालिकामाई मन्दिर जाने बाटाेमा स्वास्थ्य चाैकी भवनाकाे निर्माण हुने छ । जसमा जिल्ला समन्वय समिति, पर्साले ४८ लाख र बाकी गाउँपालिकाकाे लागत लाग्ने छ ।

कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले उपभाेक्ता समितिलाई निर्माण कार्य मापदण्ड अनुसार समय मै पुरा गर्न निर्देशन समेत दिए ।

वडाध्यक्ष संजय कुमार पटेलकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, प्रशासन शाखा प्रमुख सराेज साह, आइटी अफिसर अमित चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...