Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनीकाे राधा कृष्ण माविमा ४ कोठे भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासनी गाउँपालिका वडा नं. २ को राधा कृष्ण माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माणको लागि बिहिबार शिलान्यस गरिएकाे छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा निर्माण हुने विद्यालय भवनकाे गाउँपालिका अध्यक्ष प्रमाेद तिवारी र स्थानीय बुद्धिजिबि एवं जेष्ठ नागरिक चन्द्रशेखर चौरसियाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तिवारीले बिन्दवासनी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुर्याएकोले शिक्षा क्षेत्रमा फड्को मार्ने बताए । उनले राधा कृष्ण माध्यमिक विद्यालयको भवन बनाई विद्यालयको पठन पाठनमा पूर्ण रूपले सुधार गर्ने बताए । उनले विकास गर्न आएकाले म सबै क्षेत्रलाई समेटेर अगाडि बढने बताए ।

पालिकाभित्र रहेका माविहरुलाई स्तरोन्नति गर्दै लैजाने छु ।’ गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् । 

प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरेका थिए । सकारात्मक सोचको विकासबाट नै समाजको उन्नित र प्रगति हुन सक्ने भएको हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा अधिकृत साहले जोड दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष मुक्ति पटेल, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, इन्जिनियर नगेन्द्र कुशवाहा, प्रधानाध्यापक सरोज चौहान लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...