Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनीकाे विद्यालयमा अध्यक्ष र हाकिमकाे छड्के अनुगमन

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले पालिकाका विभिन्न सामुदायिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयहरुले तालिका (मेन्यु) अनुसार दिवा खाजा नखुवाएकाे कालिका टाईम्सले समाचार प्रकाशन गरेपछि त्यसकाे भाेली पल्टै अध्यक्ष तिवारी र प्रमुख प्रशासकिय अधिकृतकाे संयुक्त टाेलीले विभिन्न विद्यालयहरुमा छडके अनुमगन गरेका हुन् ।

अनुगमन टोली बुधबार विहान नेपाल राष्ट्रिय मावि गर्दाैल, राधाकृष्ण चौरसिया मावि बहुअर्वाभाठा, स्काउट निमावि इटिहाई, नेरा प्रावि हसवा, नेरा प्रावि प्रसौनी भाठा, झौवागुठी लगायतका विद्यालयमा पुगेका थिए । अनुगमनकाे क्रममा विद्यालयको शैक्षिक अवस्थासँगै मुख्यमगरी दिवा खाजाको विषयमा अनुगमन टोलीले जानकारी लिएको थियाे ।

अनुगमनकाे क्रममा अधिकांश विद्यालयमा तालिकाअनुसार दिवा खाजा वितरण नभएको पाइएको अध्यक्ष तिवारीले बताए । ७ दिनको समय दिँदै सो अवधिभित्र तालिका अनुसार दिवा खाजा वितरण गर्न विद्यालयलाई अध्यक्ष तिवारीले निर्देशन दिए । साथै ७ दिनभित्र पनि सुधार नभएमा अभिभावक वा विद्यार्थीहरुले प्रत्यक्ष पालिका अध्यक्षलाई जानकारी गराउन पनि उनले आग्रह गरेका थिए ।

सोही अवसरमा हरेक विद्यालयमा दिवा खाजाको तालिका पनि वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । तालिका अनुसार आइतवार हलुवा, खिर, सोमवार कुखुराको मासु र भुजा, मंगलवार सेवई, बुधवार अण्डा, बिहिवार चना र मीठा र शुक्रवार समय अनुसारको फलफुल वितरण गरिनेछ । 

पालिकाको पहिलो प्राथमिकता शिक्षा भएको बताउँदै उनले शिक्षामा भएका बेथितीको अन्तय गर्ने र शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अनुगमनका क्रममा विद्यार्थीहरुसँग पनि छलफल गर्दै अध्यक्ष तिवारीले सामुदायिक विद्यालयप्रतिको आकर्षणलाई बढाउन र शैक्षिक गुणस्तर बृद्धि गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...