Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

श्री ने.रा.मा.वि. कट्टि बलुवामा ८ काेठे भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४, प्रशुरामपुरमा रहेको श्री ने.रा.मा.वि. कट्टि बलुवामा ८ काेठे भवन निर्माणकाे लागि बुधबार शिलान्यास गरिएकाे छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेश सरकारबाट निर्माण हुने विद्यालय भवनकाे गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ताले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै अध्यक्ष गुप्ताले समय मै निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।

विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा काेठा र प्रदेश सरकारबाट ४ वटा काेठा भवन निर्माण हुने गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनी, वडा नं. ५ का वडाध्यक्ष जयनारायण कुर्मी लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...