Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईका अध्यक्ष गुप्ताद्वारा शिक्षण र स्वास्थ्य संस्थाकाे अनुगमन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ताले शुक्रबार शिक्षण संस्ठा र स्वास्थ्य संस्थाकाे अनुगमन गरेका छन् । गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गतका ३ विद्यालय र ३ स्वास्थ्य चाैकीकाे एकैदिन अनुगमन गरेका हुन् ।

वडा नं. १ मा रहेकाे श्री जनता मावि मुडली, स्वास्थ्य चाैकी मुडली र वडा कार्यालयकाे अनुगमन गर्दै अध्यक्ष यादवले देखिएकाे कमिकमजाेरी यथासिघ्र सुधार गर्न निर्देशन दिएका थिए ।

अनुगमनकाे क्रममा श्री जनता मावि मुडलीकाे मुल गेट मै नाला बगिरहेकाे पाइएकाे अध्यक्ष गुप्ताले वताए । उनले भने “विद्यालयकाे मुल गेटमा नाला बगिरहेकाे पाइयाे । त्यसका कारण साे गेटबाट विद्यार्थीहरु विद्यालयमा प्रबेश नगर्ने र सहायक गेटकाे प्रयाेग गर्नु पर्ने बाध्यता देखियाे ।” 

त्यस्तै विद्यालयकाे साैचालय र सरसफाईकाे अवस्था पनि दैनिय देखिएकाे अध्यक्ष गुप्ताले वताए । उनले भने “अनुगमनकाे क्रममा वडा नं. १ काे कार्यालय पनि अव्यवस्थित देखियाे । भवन पुरानाे सांगुराे भएका कारण वडा कार्यालय संचालनमा पनि समस्या देखियाे । भवन जिर्ण पनि भइसकेकाे पाइयाे ।”

त्यसैगरी अनुगमनकाे क्रममा वडा नं. २ काे श्री सुकई साह मावि भेडिहारीमा कक्षा काेठाकाे अभाव र सरसफाईकाे अवस्था दैनिय देखिएकाे अध्यक्ष गुप्ताले वताए । उनले यसैगरी स्वास्थ्य चाैकी भेडिहारीकाे अवस्था पनि दैनिय देखियाे । तर स्वास्थ्य चाैकी भेडिहारीकाे भवन नयाँ बनिसकेका कारण तुरुन्त नयाँ भवनमा सारिने जानकारी गराए । 

त्यसपछि अनुगमन टाेली वडा नं. ४ पशुरामपुर पुगेकाे थियाे । पशुरामपुर स्वास्थ्य चाैकीकाे अवस्था अरु भन्दा राम्राे देखिएकाे अध्यक्ष गुप्ताले जानकारी गराए । तर पशुरामपुर मै जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेकाे घरहरुमा २ नम्बरकाे इटा प्रयाेग भइरहेकाे पाइएका कारण निर्माण कार्य राेक्न निर्देशन दिएकाे अध्यक्ष गुप्ताले जानकारी गराए ।

त्यसपछि वडा नं. ५ काे सेमरा टाेलमा पुग्ता त्याँहा रहेकाे श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय बन्द रहेकाे पाइएकाे र कक्षा काठामा भुषा राखिएकाे भेटिएकाे अध्यक्ष गुप्ताले वताए ।

अध्यक्ष गुप्ता नेतृत्वकाे अनुगमन टाेलीमा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी, प्रशासन शाखा प्रमुख सराेज साह, लेखापाल अभिषेक साह लगायतकाे सहभागिता रहेकाे थियाे । 

यसैबिच शुक्रबार नै प्रमुख प्रशासकिय अधिकृत गिरीले एक सुचना जारी गर्दै गाउँपालिका मातहतका सबै कर्मचारी समय मै कार्यालयमा उपस्थिती हुनु निर्देशन दिएका छन् । अनुपस्थित भए बिदा लिएर र कार्यालयलाई जानकारी गराएका हुन निर्देशन दिएका हुन् । त्यसाे नभएकाे खण्डमा कानुन बमाेजिम कारवाही हुने गाउँपालिकाकाे फेसबुकमा राखिएकाे सूचनामा उल्लेख गरिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...