Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढी नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगर कार्यपालिका सदस्यकाे निर्वाचन बिहिबार सम्पन्न भएकाे छ । ८ कार्यपालिका सदस्यकाे लागि भएकाे निर्वाचनमा नेकपा एमालेका ६ जना, जनता समाजवादी पार्टी (जसपा) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का १/१ जना विजयी भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा एमालेका माेहन लाल महताे, दिल बहादुर भुजेल र जसपाका असलम आलम विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सागढीले जनाएकाे छ । निर्वाचन कार्यालयका अनुसार एमालेका महताे ३० मत, एमाले कै भुजेल २६ मत र जसपाका आलम २४ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरुका प्रतिस्पर्धी एमालेका अजय कुमार २३ मत, नेपाली कांग्रेसका महमद आलिम मियाँ र कांग्रेस कै निरन्जन कुमार साह १६ मत पाएका थिए ।

महिला सदस्यमा एमालेका सिता देवी लामा, चन्दा देवी थरुनी, सविता गिरी, लक्ष्मी बिश्वकर्मा र लाेसपाकी सुनिता कुमारी देवी विजयी भएका छन् । एमालेकी सिता २८ मत, एमालै कै चन्दा, सविता, लक्ष्मी र लाेसपाकी सुनितले २६/२६ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरुका प्रतिस्पर्धी जसपाकी इन्द्रा देवी सहनी, तेतरी देवी, लालसा देवी चमइन, कांग्रेसकी चन्दा पटेलले २१/२१ मत र कांग्रेसकी उम्रावती देवीले १९ मत पाएका थिए ।

९ वटा वडा रहेकाे पर्सागढी नगरपालिकामा एमाले मेयर, उप मेयरसहित २ वडाध्यक्ष, कांग्रेस ३ वडाध्यक्ष, जसपा २ वडाध्यक्ष र लाेसपा एक वडाध्यक्षमा चुनाव जितेका छन् भने एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

४७ मतदाता रहेकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा एउटै दलका उम्मेदवारले फरक फरक मत पाएका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...