Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

पर्सागढी नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगर कार्यपालिका सदस्यकाे निर्वाचन बिहिबार सम्पन्न भएकाे छ । ८ कार्यपालिका सदस्यकाे लागि भएकाे निर्वाचनमा नेकपा एमालेका ६ जना, जनता समाजवादी पार्टी (जसपा) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का १/१ जना विजयी भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा एमालेका माेहन लाल महताे, दिल बहादुर भुजेल र जसपाका असलम आलम विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सागढीले जनाएकाे छ । निर्वाचन कार्यालयका अनुसार एमालेका महताे ३० मत, एमाले कै भुजेल २६ मत र जसपाका आलम २४ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरुका प्रतिस्पर्धी एमालेका अजय कुमार २३ मत, नेपाली कांग्रेसका महमद आलिम मियाँ र कांग्रेस कै निरन्जन कुमार साह १६ मत पाएका थिए ।

महिला सदस्यमा एमालेका सिता देवी लामा, चन्दा देवी थरुनी, सविता गिरी, लक्ष्मी बिश्वकर्मा र लाेसपाकी सुनिता कुमारी देवी विजयी भएका छन् । एमालेकी सिता २८ मत, एमालै कै चन्दा, सविता, लक्ष्मी र लाेसपाकी सुनितले २६/२६ मत ल्याएर विजयी भएका हुन् ।

उनीहरुका प्रतिस्पर्धी जसपाकी इन्द्रा देवी सहनी, तेतरी देवी, लालसा देवी चमइन, कांग्रेसकी चन्दा पटेलले २१/२१ मत र कांग्रेसकी उम्रावती देवीले १९ मत पाएका थिए ।

९ वटा वडा रहेकाे पर्सागढी नगरपालिकामा एमाले मेयर, उप मेयरसहित २ वडाध्यक्ष, कांग्रेस ३ वडाध्यक्ष, जसपा २ वडाध्यक्ष र लाेसपा एक वडाध्यक्षमा चुनाव जितेका छन् भने एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

४७ मतदाता रहेकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा एउटै दलका उम्मेदवारले फरक फरक मत पाएका छन् ।    

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...