Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026

‘आँधी तुफान २’ को शीर्ष गीतमा तीन अभिनेत्रीको बोल्ड अवतार

फिल्म ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । गीतले फिल्मको कथा भनेको निर्माण मौनता श्रेष्ठले बताए ।

- Advertisement -

अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा फिल्मका मुख्य ३ अभिनेत्री आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत भएका छन् ।

फिल्म २० साउनबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । मदन घिमिरेको निर्देशन रहेको फिल्मले नारी शक्तिको कथा भन्छ । मौनता श्रेष्ठको लेखन तथा निर्माणमा तयार फिल्म ओम साई भक्त मूभि प्रालिको ब्यानरमा बनेको हो ।

फिल्ममा रवि गिरी, पुस्कर राउत, सञ्जित भण्डारी, सोनी बिसी, आरती आचार्य, यांशु श्रेष्ठ, विन्दिया ठकुरी, रुपा केसी लगायतका कलाकारको अभिनय छ ।

मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा रामशरण उप्रेतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत छ । प्रेम चुल्ठेको द्धन्द्ध रहेको फिल्मको सम्पादक मन्दिल श्रेष्ठ हुन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पुजा पुस्तकले अभिभावकलाई छुट दिदैन तर विद्यालयलाई कमिशन दिन्छ

वीरगंज । वीरगंजका अभिभावकहरूले न्यु पुजा पुस्तक पसलले निजी विद्यालयका पाठ्यपुस्तक बिक्रीमा अभिभावकलाई कुनै पनि छुट नदिने गरेको गुनासो गरेका छन् । अभिभावकहरूका अनुसार वीरगंजका...

पोखरियामा बैश्य समाजकाे नगर समिति गठन

पोखरिया । पर्साको पोखरियामा सम्पन्न एक भेलाले बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरेको छ। कुल ९ सदस्यीय समिति गठन गरिएको हो। समितिको...

वीरगंज महानगरले भन्याे : आइतबार विद्यालय नखाेल्नु र किताब–ड्रेस बिक्री नगर्नु

वीरगंज । वीरगंज महानगरपालिकाले आइतबारका दिन पठनपाठन पूर्ण रूपमा बन्द गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ । संघीय सरकारले सरकारी कार्यालयसहित शिक्षण संस्थाहरू हप्तामा दुई...