Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा छाडा चौपाया नियन्त्रणका लागि कडा कारबाही हुने

spot_img
spot_img

वीरगञ्ज । साँढेको आक्रमणबाट परवानीपुर सडकमा गम्भीर घाइते अति विपन्न परिवारका लक्ष्मण रामको उपचारको जिम्मा वीरगंज महानगरपालिकाले लिएको छ ।

वीरगंज महानगरपालिका–२४ परवानीपुरमा दुई दिन अघि साँढेको आक्रमणबाट गम्भीर घाइते भएका रामको वीरगंज गण्डकस्थित स्पर्स अस्पतालमा उपचार भइरहेको छ ।

गरिबीको कारण उपचारमा कठिनाई भएको जानकारी पाउनासाथ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह बिरामीको अवस्था बुझ्न अस्पताल पगेका थिए ।

रामको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र छाडा चौपाया नियन्त्रण नहुँदा रामको अवस्था गम्भीर भएको हुँदा उनको उपचारको खर्च महानगरपालिकाले व्यहोर्ने निर्णयमा पुगेको नगर प्रमुख सिंहले बताए ।

यसैबिच अब वीरगंज महानगरपालिकाले वीरगंजमा छाडा चौपाया नियन्त्रणका लागि कडा कारबाही सुरु गर्ने भएको छ ।

वीरगंजमा छाडा छाडिएका गाई, साँढे, बाछाबाछीलाई सोझै नियन्त्रणमा लिएर हेटौडास्थित गौशालामा पुर्‍याइने भएको छ ।

सामान्य जरिवाना र चेतावनीमा अटेरी गर्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुर्याईने निर्णयमा पुगेको महानगर प्रमुख सिंहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...