Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा छाडा चौपाया नियन्त्रणका लागि कडा कारबाही हुने

spot_img
spot_img

वीरगञ्ज । साँढेको आक्रमणबाट परवानीपुर सडकमा गम्भीर घाइते अति विपन्न परिवारका लक्ष्मण रामको उपचारको जिम्मा वीरगंज महानगरपालिकाले लिएको छ ।

वीरगंज महानगरपालिका–२४ परवानीपुरमा दुई दिन अघि साँढेको आक्रमणबाट गम्भीर घाइते भएका रामको वीरगंज गण्डकस्थित स्पर्स अस्पतालमा उपचार भइरहेको छ ।

गरिबीको कारण उपचारमा कठिनाई भएको जानकारी पाउनासाथ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह बिरामीको अवस्था बुझ्न अस्पताल पगेका थिए ।

रामको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र छाडा चौपाया नियन्त्रण नहुँदा रामको अवस्था गम्भीर भएको हुँदा उनको उपचारको खर्च महानगरपालिकाले व्यहोर्ने निर्णयमा पुगेको नगर प्रमुख सिंहले बताए ।

यसैबिच अब वीरगंज महानगरपालिकाले वीरगंजमा छाडा चौपाया नियन्त्रणका लागि कडा कारबाही सुरु गर्ने भएको छ ।

वीरगंजमा छाडा छाडिएका गाई, साँढे, बाछाबाछीलाई सोझै नियन्त्रणमा लिएर हेटौडास्थित गौशालामा पुर्‍याइने भएको छ ।

सामान्य जरिवाना र चेतावनीमा अटेरी गर्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुर्याईने निर्णयमा पुगेको महानगर प्रमुख सिंहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...