Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सरकारले स्यानेटरी प्याडमा छुट दिएपछि वीरगंजमा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । विश्व महिला स्वास्थ्य दिवसको अवसरमा जिल्ला बाल क्लब समन्वय सञ्जाल, पर्साले वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन गरेकाे छ ।

विश्व महिला स्वास्थ्य दिवस र सरकारले ल्याएकाे बजेटमा स्यानिटर प्याडमा ९० प्रतिशत सम्म कर छुट दिएकाे अवसरमा दिप प्रज्वलन गरिएकाे सञ्जालका अध्यक्ष अर्जुन शाहले वताए ।

दिप प्रज्वलन कार्यक्रममा सहभागिहरुले सरकारले ल्याएकाे बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट र एक स्थानीय तह एक खेलमैदान कार्यलाई निरन्तरता दिएकाे धन्यावाद समेत दिएका थिए ।

कार्यक्रमकी प्रमुख डा शुष्मा तिवारी द्विवेदीले नेपाल सरकारले गरेको स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट एकदम सराहनिय भएकाे वताइन । त्यसले अब बालिकाहरूलाई राहत हुने उनले वताइन ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका सह सचिव कमल साहकाे अध्यकक्षतमा भएकोमा कार्यक्रममा सपना शाह, हन्ड्रेस ग्रुप पर्साका संयोजक विशेष साह, सचिव नितु यादव, कोषाध्यक्ष सन्दिप साह, सदस्य कृष कुर्मी, सन्दिप गुप्ता, विशाल पटेल, हरियौम यादव, कोमल गुप्ता लगायतका उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...