Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे गाउँ कार्यपालिकामा जसपा प्यानल विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँ कार्यपालिकाकाे निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) काे प्यानल विजयी भएकाे छ । ६ कार्यपालिका सदस्यकाे लागि साेमबार भएकाे निर्वाचनमा जसपाका ५ जना र नेपाली कांग्रेसका १ जना विजयी भएका हुन् ।

महिला सदस्यमा जसपाका अकलिया खातुन मुकेरी, चनरजाेतिया दुसादिन, मालती देवी दुसादिन र ललिता देवी विजयी भएका छन् । चारै जनाले १५ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । उनीहरुकाे प्रतिस्पर्धी एमालेकी ज्ञान्ती देवी, कांग्रेसकी गिता देवी कुर्मी, लालसा देवी चमैन र सिमा देवीले १२ मत पाएका छन् ।

यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा जसपाका हरिओम साह कलवार र कांग्रेसबाट उम्मेदवारी दिएका रामराज चाैरसिया विजयी भएका छन् । दुबै जनाले १५ मत ल्याएर विजयी भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । उनीहरुकाे प्रतिस्पर्धी एमालेका पृथ्वी साह कानु र रामध्रुव ठाकुर लाेहारले १२ मत पाएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका दुबै जना बैशाख ३० गते भएकाे निर्वाचनमा वडाध्यक्षका उम्मेदवार पनि थिए । 

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका शिवशंकर चाैरसिया र जसपाबाट उम्मेदवारी दिएका रसिद मियाँ धुनियाले एक मत पनि पाएका छैनन् ।

२७ मतदाता रहेकाे कालिकामाई गाउँपालिकामा जसपाका १३ जना, कांग्रेसका १२ जना र एमालेका दुई जना मतदाता थिए । गाउँ कार्यपालिकाकाे निर्वाचनकाे लागि कांग्रेस र एमालेसंग तालमेल समेत भएकाे थियाे । जस अनुसार कांग्रेस एमाले प्यानलका उम्मेदवारलाई १४ मत आउनु पर्ने थियाे । तर १२ मत मात्र पाएका छन् ।

कांग्रेसका रामराजलाई मात्र १५ मत पाएकाे छ भने जसपाका ५ जना उम्मेदवारलाई पनि १५ मत पाएकाे छ । दुई जना मात्र मतदाता रहेकाे एमालेका ३ उम्मेदवारलाई १२ मत पाएकाे छ भने १२ मतदाता रहेकाे कांग्रेसका ३ उम्मेदवारलाई १२ मत पाएकाे छ । 

दुई मतदाता रहेकाे एमालेका उम्मेदवारलाई १२ मत पाउनु र १२ मतदाता रहेकाे कांग्रेसका एक उम्मेदवार एक मत पनि नपाउनुले एमाले-कांग्रेस बिच तालमेल भएकाे प्रमाणित गर्दछ ।

अर्काे तर्फ कांग्रेसका एक उम्मेदवारलाई १५ मत र १३ मतदाता रहेकाे जसपाका उम्मेदवारलाई १५ मत पाउनुले पनि जसपाकाे मत कांग्रेसका उम्मेदवारलाई र कांग्रेसकाे केही मत जसपाकाे उम्मेदवारलाई गाएकाे प्रमाणित गर्दछ ।

अब गाउँ कार्यपालिकामा जसपाकाे पूर्ण बहुमत पुगेकाे छ । १३ कार्यपालिका सदस्य मध्ये जसपाका ९ जना, कांग्रेसका ३ जना र एमालेका एक जना भएका छन् ।

५ वडा रहेकाे कालिकामाई गाउँपालिका अध्यक्षसहित ३ वडाध्यक्षमा जसपा, उपाध्यक्षसहित १ वडाध्यक्षमा कांग्रेस र एक वडाध्यक्षमा एमाले विजयी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...