Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानी गाउँ कार्यपालिकामा कांग्रेस प्यानल विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँ कार्यपालिकाे निर्वाचनमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । ६ गाउँ कार्यपालिका सदस्यका लागि साेमबार भएकाे निर्वाचनमा ६ जना नै कांग्रेसका उम्मेदवार विजयी भएकाे निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका ऋषि कुमार हजरा, सराेज चाैरसिया विजयी भएकाे निर्वाचन अधिकृत पाण्डेले वताए । उनका अनुसार हजरा र चाैरसियाले १७ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी एमालेका नागेन्द्र प्रसाद साह र रघुबर हजरा दुसादले १० मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा कांग्रेस कै अनुसईया देवी, काेशिलीया चमैन, रन्जु देवी थरुइन र रुना देवी मुसहेरिन १७ मतका साथ विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी एमालेका गिता देवी, पतली देवी, प्रभावती देवी चमार र श्रीकान्ती देवी थरुनी १० मत पाएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

५ वडा रहेकाे जिराभवानी गाउँपालिकाकाे अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्षमा कांग्रेस र २ वटा वडाध्यक्षमा एमाले विजयी भएकाे थियाे । अब १३ सदस्यीय कार्यपालिका सदस्यमा ११ जना कांग्रेसकाे र दुई जना मात्र एमालेकाे भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...