Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानी गाउँ कार्यपालिकामा कांग्रेस प्यानल विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँ कार्यपालिकाे निर्वाचनमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । ६ गाउँ कार्यपालिका सदस्यका लागि साेमबार भएकाे निर्वाचनमा ६ जना नै कांग्रेसका उम्मेदवार विजयी भएकाे निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका ऋषि कुमार हजरा, सराेज चाैरसिया विजयी भएकाे निर्वाचन अधिकृत पाण्डेले वताए । उनका अनुसार हजरा र चाैरसियाले १७ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी एमालेका नागेन्द्र प्रसाद साह र रघुबर हजरा दुसादले १० मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा कांग्रेस कै अनुसईया देवी, काेशिलीया चमैन, रन्जु देवी थरुइन र रुना देवी मुसहेरिन १७ मतका साथ विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी एमालेका गिता देवी, पतली देवी, प्रभावती देवी चमार र श्रीकान्ती देवी थरुनी १० मत पाएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

५ वडा रहेकाे जिराभवानी गाउँपालिकाकाे अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्षमा कांग्रेस र २ वटा वडाध्यक्षमा एमाले विजयी भएकाे थियाे । अब १३ सदस्यीय कार्यपालिका सदस्यमा ११ जना कांग्रेसकाे र दुई जना मात्र एमालेकाे भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...