Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

करको दर घटाउन मेयर सिंहसंग उद्याेगी व्यवसायीहरुकाे माग

spot_img
spot_img

वीरगञ्ज । वीरगंजका उद्योगी व्यवसायीहरुले करको दर घटाउन नवनिर्वाचित मेयर राजेशमान सिंहसँग माग गरेका छन् ।

नवनिर्वाचित मेयर सिंहलाई उनकै कार्यकक्षमा भेटेर उद्याेगीहरुले यस क्षेत्रका उद्योग व्यपारका समस्या र चुनौती बारेमा ध्यानाकषर्ण गराउँदै करकाे दर घटाउन माग गरेका हुन् ।

भेटका क्रममा संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले नवनिर्वाचित मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अगामी दिनमा वीरगंज उद्योग वाणिज्य संघ र महानगरपालिकाले गर्न सक्ने सहकार्यका बारेमा पनि सिंहको ध्यानाकर्षण गराएका थिए ।

महानगरले संकलन गर्दै आएको कर परिमार्जन गर्न, वीरगंज एउटा ट्रान्सपोर्ट नगरको रुपमा निर्माण गर्न पनि संघका अध्यक्ष गुप्ताले आग्रह गरे । उनले वीरगंज क्षेत्रमा सन्चालित उद्योगहरुका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा संघ र महानगर बिच सहकार्य गर्न सकिने तर्फ पनि मेयर सिंहलाई जानकारी गराए ।

नवनिर्वाचित मेयर सिंहले यस अघि वीरगंज महानगर, महानगरवासी र उद्योगी व्यवसायीबीच रहेको मत भिन्नतालाई अब आफुले हटाउने प्रतिबद्धता जनाए । उनले महानगरले संकलन गर्दै आएका कर पारदर्शी बनाउने, करका दर पुनरावलोकन गर्ने र करको दर भन्दा पनि करको दायरा बढाउनेतर्फ महानगर अघि बढ्ने बताए ।

साे अवसरमा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचान लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...