Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

करको दर घटाउन मेयर सिंहसंग उद्याेगी व्यवसायीहरुकाे माग

spot_img
spot_img

वीरगञ्ज । वीरगंजका उद्योगी व्यवसायीहरुले करको दर घटाउन नवनिर्वाचित मेयर राजेशमान सिंहसँग माग गरेका छन् ।

नवनिर्वाचित मेयर सिंहलाई उनकै कार्यकक्षमा भेटेर उद्याेगीहरुले यस क्षेत्रका उद्योग व्यपारका समस्या र चुनौती बारेमा ध्यानाकषर्ण गराउँदै करकाे दर घटाउन माग गरेका हुन् ।

भेटका क्रममा संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले नवनिर्वाचित मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अगामी दिनमा वीरगंज उद्योग वाणिज्य संघ र महानगरपालिकाले गर्न सक्ने सहकार्यका बारेमा पनि सिंहको ध्यानाकर्षण गराएका थिए ।

महानगरले संकलन गर्दै आएको कर परिमार्जन गर्न, वीरगंज एउटा ट्रान्सपोर्ट नगरको रुपमा निर्माण गर्न पनि संघका अध्यक्ष गुप्ताले आग्रह गरे । उनले वीरगंज क्षेत्रमा सन्चालित उद्योगहरुका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा संघ र महानगर बिच सहकार्य गर्न सकिने तर्फ पनि मेयर सिंहलाई जानकारी गराए ।

नवनिर्वाचित मेयर सिंहले यस अघि वीरगंज महानगर, महानगरवासी र उद्योगी व्यवसायीबीच रहेको मत भिन्नतालाई अब आफुले हटाउने प्रतिबद्धता जनाए । उनले महानगरले संकलन गर्दै आएका कर पारदर्शी बनाउने, करका दर पुनरावलोकन गर्ने र करको दर भन्दा पनि करको दायरा बढाउनेतर्फ महानगर अघि बढ्ने बताए ।

साे अवसरमा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचान लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...