Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा कसैले उम्मेदवारी फिर्ता लिएन, आ आफ्नै पक्षमा बहुमत पुर्याउन कसरत

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा मनाेनयन दर्ता गराएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेले आ आफ्नाे पक्षमा बहुमत पुर्याउन प्रयासमा लागेका छन् ।

६ कार्यपालिका सदस्यका लागि तिनै दलबाट १४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्य तालिका अनुसार आइतबार उम्मेदवारी फिर्ताकाे समय रहेपनि कसैले उम्मेदवारी फिर्ता लिएनन् । साेमबार मतदान हुने छ ।  

४ महिला सदस्यका लागि कांग्रेसबाट ३ जना, जसपाबाट ४ जना र एमालेबाट १ जना उम्मेदवार छन् । कांग्रेस र एमाले मिलाएर ४ पदका लागि ४ जना मात्र उम्मेदवारी दिए पनि दलित वा अल्पसंख्यक सदस्यमा कुरा मिलन नसकेका कारण समिकरण फेर्न सक्ने पनि सम्भावना रहेकाे छ ।

आइतबार निर्वाचन कार्यालयले प्रकाशित गरेकाे उम्मेदवारकाे अन्तिम नमावली अनुसार महिला सदस्यकाे लागि कांग्रेसबाट गिता देवी कुर्मी, लालसा देवी चमैन, सिमा देवीकाे मनाेनयन दर्ता कायम राखेका छन् ।

जसपाबाट महिला सदस्यकाे लागि अकलिया खातुन मुकेरी, चनरजाेतीया दुसादीन, मालती देवी दुसादीन, ललिता देवी र एमालेबाट ज्ञान्त्री देवीले पनि आफ्नाे उम्मेदवारी कायम राखेका छन् ।

दुई दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेस, जसपा र एमाले दुई/दुई जनाकाे मनाेनयन दर्ता गराएका थिए । 

साेही अनुसार कांग्रेसका रामराज प्रसाद चाैरसिया, शिवशंकर प्रसाद चाैरसिया, जसपाका रसिद मियाँ धुनिया, हरिओम कुमार साह र एमालेका पृथ्वी साह कानु, रामध्रुव ठाकुर हजामले आ आफ्नाे उम्मेदवारी कायम राखेका छन् । 

सबै उम्मेदवारहरुलाई निर्वाचन कार्यालयले आइतबार दल अनुसारकाे चुनाव चिन्ह पनि प्रदान गरेकाे छ ।

५ वटा वडा रहेकाे कालिकामाई गाउँपालिकामा जसपाले गाउँपालिका अध्यक्षसहित ३ वडाध्यक्ष, कांग्रेसले उपाध्यक्षसहित एउटा वडाध्यक्ष र एमाले एउटा वडाध्यक्षमा चुनाव जितेकाे छ । 

साेमबार हुने कार्यपालिका सदस्यकाे निर्वाचनकाे मतदाता जसपासंग १३ जना, कांग्रेससंग १२ जना र एमालेसंग २ जना रहेका छन् । कार्यपालिकाकाे चुनाव जित्न जसपालाई अरु दलबाट एउटा मतकाे आवश्यकता छ भने कांग्रेसलाई दुई मतकाे आवश्यक रहेकाे छ ।

कार्यपालिकाे चुनावकाे लागि एमालेसंग रहेकाे दुई मत निर्णायक रहेकाे छ । तर एमालेले दुबै दलसंग तिन कार्यपालिका सदस्य माग गरेका कारण सहमती जुटन नसकेकाे बुझिएकाे छ ।

प्राप्त जानकारी अनुसार कांग्रेसले आफ्नाे मतदातालाई जिल्ला बाहिर लगेर राखेकाे छ भने जसपाले आफ्नाे मतदातालाई गाउँ मै राखे पनि बहुमत पुर्याउन अन्य मतदातालाई रिझाउन प्रयासमा लागेकाे बुझिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...